स्वास्थ बिमा बोर्डद्वारा देवदह नगर अस्पताल निरीक्षण
देवदह । देवदह नगर अस्पतालको राष्ट्रिय स्वास्थ बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले निरीक्षण गरेका छन् । सो क्रममा देवदह नगर अस्पताललाई स्वास्थ्य बिमाको प्रथम बिन्दु (रिफर सेन्टर) को रुपमा स्वीकृतिको लागि अस्पतालको समग्र अवस्था, गर्नुपर्ने तयारी लगायतको विषयमा छलफल कार्यक्रम सम्पन्न भएकोछ।
कार्यक्रममा बोल्दै नगर प्रमुख धुर्बप्रसाद खरेलले स्वास्थ्य नागरिकको पहिलो आवस्यकता रहेकोले नगरपालिका नगरवासीको स्वास्थ्यबारे गम्भीर रहेको बताए । स्वास्थ्य विमा कार्यक्रमलाई सफल पार्न आफुहरू प्रतिबद्ध रहेको बताउँदै उनले कमजोर आर्थिक अवस्था भएका नगरवासीलाई निशुल्क स्वास्थ्य विमा गर्ने बताए ।पूर्ण स्वास्थ्य बिमा युक्त नगरपालिका बनाउने योजना सहित अगाडि बढेको र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख खरेलले बताए।
आफु नगर प्रमुख निर्वाचित भएपछि पदस्थापनाको दिनमै सबै नगरवासीहरूलाई स्वास्थ्य विमामा जोड्ने प्रतिबद्धता गरेको स्मरण गर्दै खरेलले उक्त प्रतिबद्धता अनुसार नै देवदह नगर अस्पताल सुरू गरिएको बताए ।
सोही क्रममा बोल्दै राष्ट्रिय स्वास्थ बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य विमाको महत्व र देवदह नगर अस्पतालले पुर्याउन सक्ने योगदानको चर्चा गरेका थिए ।
देवदह नगर प्रमुख धुर्व प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गणेश डुम्रे, बिमा बोर्ड लुम्बिनी प्रदेश संयोजक जनक साउद, जिल्ला संयोजक दिपकमणि पौडेल, डा. बिमान्चल अधिकारी, देवदह अस्पताल मेडिकल अफिसर डा. रोशन चौधरी, स्वास्थ्य शाखा प्रमुख काशीराम बन्जाडे, गिरि तरामु, सामाजिक ब्यक्तित्व रुद्रमान ढकाल लगायतको उपस्थिति रहेको थियो।
देवदह अस्पतालका इन्चार्ज डिलेश्वर श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij