मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कृषि क्षेत्रको उत्थानका लागि कटिबद्ध भएर लाग्ने छु : छबिलाल विश्वकर्मा

कृषि क्षेत्रको उत्थानका लागि कटिबद्ध भएर लाग्ने छु : छबिलाल विश्वकर्मा

images
  • 204
    SHARES

  • images
    images
    images
    कृषि क्षेत्रको उत्थानका लागि कटिबद्ध भएर लाग्ने छु : छबिलाल विश्वकर्मा
    images
    images
    images

    रुपन्देही  । उत्पादनलाई महत्व दिदै समयमा मलखाद, विऊविजन र सिचाईको व्यवस्था गर्न कटिवद्ध भएर लाग्ने नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाँले उत्पादन बृद्धिका लागि सिचाई आवश्यक रहेकोले सौर्य उर्जाद्धारा संचालित सिचाई प्राणालीको विकास गरिने बताउनुभयो । रोहिणी गाउपालिका ४, छिपागढमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनुभएको हो । 

    नेता विश्वकर्माले कृषकले उत्पादन गरेका सामाग्रीहरुको बजार व्यवस्थापन नभएको अवस्थामा न्यूनतम लागतको आधारमा समर्थन मूल्य तोक्न आवश्यक रहेको बताउनु भयो । उहाले कृषिको विकासले मात्र नागरिकको जीवनस्तर सुधार हुने उल्लेख गर्नुभयो । रुपन्देहीको क्षेत्र नम्बर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता विश्वकर्माले आफनो ५ बर्षे कार्यकालमा क्षेत्रमा समानुपातिक विकासको अवधारणा अनुसार दशगञाबाट काम शुरुवात गरेको बताउनु भयो । उहाले दशगजादेखि दलदले र दलदले देखि माथागढी सम्म आवश्यकताको आधारमा समानुपातिक विकास गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै निर्वाचन क्षेत्र नम्वर १(१) प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले समग्र क्षेत्रको विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारले जित्नु पर्नेमा जोड दिनु भयो । उहाले क्षेत्रको विकासको लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । वडा स्तरीय निर्वाचन परिचालन कमिटी संयोजक शेराद खाँनको अध्यक्षता, राप्रपाका सतिय मिश्रको स्वागत र एमालेका सम्भु चौधरीको संचालनमा भएको कार्यक्रममा तिनै दलका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij