मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देशले काचुली फेर्न एमालेको नेतृत्वको सरकार बन्नुपर्छ : विश्वकर्मा

देशले काचुली फेर्न एमालेको नेतृत्वको सरकार बन्नुपर्छ : विश्वकर्मा

images
  • 201
    SHARES

  • images
    images
    images
    देशले काचुली फेर्न एमालेको नेतृत्वको सरकार बन्नुपर्छ : विश्वकर्मा
    images
    images
    images

    रुपन्देही । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले एमाले सरकारमा नगए सम्म देशले काचुली फेर्न नसक्ने दावी गर्नु भएको छ । रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार समेत रहनु भएका बिश्वकर्माले बिगतमा एमालेको सरकारका समयमा भएका बिकासका काम बाहेक देशमा अरु कुनै काम सुरु समेत हुन नसकेको ठोकुवा गर्नुभयो । 

    रुपन्देही क्षेत्र न १ अन्तर्गत ओमसतिया–३ र ५ वडाको नेकपा एमाले, राप्रपा  जसपाको संयुक्त घरदैलो कार्यक्रममा बोल्दै उहाले आमजनताको समस्या समाधानका लागी एमालेले देशै भरिबाट जित्नु पर्ने बताउनु भएको हो । उहाले आफु अझ एक कार्यकाल जनताका समस्या समाधान र जनताका कामका लागी चुनावमा होमिएको बताउदैै मतदाताहरुको साथले आफुलाई हौसला मिलेको दाबी गर्नु भयो । उहाँले क्षेत्र नम्बर १, को विकासको लागि विभिन्न योजना अगाडि सारेपनि गठबन्धन सरकारले बजेट कटौती गर्दा विकास निर्माणका कामहरु ओझेलमा परेको आरोप लगाउनुभयो । उहाले मंसीर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने दावी गर्नु भयो । 

    images
    images
    images

    घरदैलो कार्यक्रमका अवसरमा रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार दधिराम न्यौपानेले सबैलाई रोजगारीका लागी आफुले काम गर्ने भन्दै आफुलाई मत दिन ओमसतियाबासीलाई आग्रह गर्नुभयो । उम्मेद्धार न्यौपानेले सत्ता गठबन्धन कालेकाले मिलेर खाउँ भाले जस्तै भएको भन्दै बिकाश र स्थायी सरकारको लागी आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । सोही अवसरमा रुपन्देही ओमसतिया ३ र ५ का आम मतदाताले एमाले सरकारले सुरु गरेका योजना सम्पन्न गर्न, असाहाय, वृद्धहरुको सहाराको लागी सुर्य चिन्हमा नै मतदान गर्ने बिश्वास दिलाएका उहाले बताउनु भएको छ । उहाँले देश र यस क्षेत्रको विकासको लागि नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेको औल्याउनु भयो । घरदैलो कार्यक्रममा तिनै दलका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij