मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनताको मतको अपमान गर्नेलाई मतदान नगर्नुहोस : चापागाईं

जनताको मतको अपमान गर्नेलाई मतदान नगर्नुहोस : चापागाईं

images
  • 262
    SHARES

  • images
    images
    images
    जनताको मतको अपमान गर्नेलाई मतदान नगर्नुहोस : चापागाईं
    images
    images
    images

    रुपन्देही । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईले जनताको मतलाई अपमान गर्नेलाई मतदान नगर्न आग्रह गरेका छन् ।

    चापागाईंले भलुहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।उनले भने ´तपाईंहरुले मत दिई सांसद बनाएर ५ वर्षको लागि पठाउनु हुन्छ नेता चुनाव जितेर जान्छन् फर्केर आउन्न जब चुनाव आउछ अनि बल्ल तपाईंको घर चिन्छ तपाईंलाई चिन्छ अब त्यस्ता नेता प्रती सचेत रहनुपर्छ र बहिस्कार गर्नुपर्छ ´ 

    images
    images
    images

    चापागाईंले आफ्नो प्रतिद्वन्दी तर्फ लक्षित गर्दै, त्यस्ता उम्मेदवार फेरि पनि तपाईंहरुको घरदैलोमा मत माग्न आउन सक्छन् जसले जनताले दिएको मतको कदर गर्न सक्दैन त्यस्तालाई किन मतदान गर्ने भन्दै प्रश्न समेत गरे ।

    फरक प्रसङ्गमा उनले विकास कस्तो हुन्छ, विकास कसरी गर्नु पर्छ भनेर देखाउन र जनताको जीवन स्तर सुधार ल्याउन आफुले जित्नु पर्ने बताए । चापागाईं यतिबेला चुनावी घर दैलोमा व्यस्त छ्न् । 

    टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घनश्याम भुसाल चुनावी मैदानमा छन्।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, कार्तिक २८ २०७९०९:०५:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij