पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ (२ ) का प्रदेश सभा सदस्य पदका उम्मेदवार ओम बहादुर घर्तीमगरले रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ३ , भुवनपोखरी र वडा नं. २ सोमादीमा मतदाता संग भेटघाट गर्दै आफ्नो पहिलो प्राथमिकता खानेपानी र बाटोको स्तरोन्नति भएको बताएका छन् ।
घरदैलोको क्रममा भुवनपोखरी क्षेत्रमा देखिएको खानेपानी समस्या पालिका देखि वडा सम्म मोटरबाटो , वडा देखि तालपोखरा सम्मको मोटरबाटोको स्तरोन्नति , अमलवास देखि बल्घा हुँदै अर्घाखाँची जोड्ने मोटरबाटो स्तरोन्नतिमा प्राथमिकता दिने एमाले प्रदेश सभा सदस्य घर्तीमगरले बताए ।
वडा नं. ३ भुवनपोखरीको रैनादेवी , वडा नं. २ को देलेतुङ्ग मन्दिर क्षेत्रको पूर्वाधार निर्माण , सोमादीका भित्रि सडकहरुको स्तरोन्नति , कृषि उत्पादन तथा बजारीकरणमा प्राथमिकता दिने उम्मेदवार घर्तिले बताए । पाल्पा जिल्ला एमालेको लाल किल्ला भएकोले आफ्नो जित सुनिस्चित घर्तिमगरले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij