रुपन्देही । सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले नेकपा एमालेको सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरु सत्ता गठबन्धनले कटौती गरेर देशलाई बर्बादी तर्फ धकेलेको आरोप लगाउनु भयो । रुपन्देहीको देवदह नगरपालिका ६, केउलीमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त भेला तथा मतदाता संग कुराकानी गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
उहाले शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारका योजनाहरु विशेष महत्व दिएर लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो । पुर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले नागरिकको चाहना अनुसार विकास निर्माणका काम अगाडि बढाउने कतउनुभयो । नेता विश्वकर्माले सरनवारी, केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै केउलीलाई नमुना गाउँको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले केउलीको भौतिक विकास निर्माणलाई प्राथमिकता राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले विदेशी नागरिकलाई नागरिक दिन तयार हुने सत्ता गठबन्धनबाट देशको विकास हुन नसक्ने ठोकुवा गर्नु भयो । उहाँले अहिलेको निर्वाचन राष्ट्र बचाउने कि विग्राने बीचको लडाई भएको हुदा नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउनु पर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिषकुमार चौधरीले नागरिकको चाहना अनुसार विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले राष्ट्र र राष्ट्रियताको लागि तिन दल बीच चुनावी तालमेल भएको बताउनुभयो ।
नेकपा एमाले, राप्रपा, जसपाको संयुक्त निर्वाचन परिचालन कमिटी देवदह ६, का संयोजक नेत्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता माधव रिमाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । निर्वाचन परिचालन समितिका सदस्य विष्णु बरालको स्वागत र नेकपा एमाले देवदह ६, शाखा कमिटीका अध्यक्ष राजन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij