मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मोतिपुर औद्योगिक क्षेत्र बनाउने नाउँमा कसैलाई पनि घरवार विहीन गर्दैनौँः खाँण

मोतिपुर औद्योगिक क्षेत्र बनाउने नाउँमा कसैलाई पनि घरवार विहीन गर्दैनौँः खाँण

images
  • 179
    SHARES

  • images
    images
    images
    मोतिपुर औद्योगिक क्षेत्र बनाउने नाउँमा कसैलाई पनि घरवार विहीन गर्दैनौँः खाँण
    images
    images
    images

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक बनाउने नाउँमा कसैलाई पनि घरवार विहीन नगर्ने बताएका छन् । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका खाँणले मंगलवार क्षेत्र नम्बर ३ (ख) ले शुद्धोधन गाउँपालिका ४, हाटबजारमा आयोजना गरेको बृहत चुनाबी सभालाई सम्बोधन गदैँ वर्षैदेखि बसोबास गर्दै आएका नागरिकलाई पनि आफूहरुले घरवार विहीन नबनाउने गरि औद्योगिक क्षेत्र बनाउने बताएका हुन्।

    साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाँणले राजनीतिक दलका बीचमा सहमति र एकताले नेपालमा धेरै ठूला राजनीतिक परिवर्तन भएको बताउँदै जनताको अवस्था बल्दन र आर्थिक क्रान्ति गर्न गठबन्धन भएको बताए । ‘जनताको अवस्था बदल्नका लागि गठबन्धन गरिएको हो । राजनीतिक दलका बीचमा सहमति र एकताले नेपालमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् । अब नेपालमा आर्थिक र औद्योगिक क्रान्तिको आवश्यकता छ । त्यो सत्तागठबन्धनले मात्रै पुरा गर्न सक्छ ।’–उनले भने ।

    images
    images
    images

    साथै संविधान सभाबाट संविधान पनि जारी भइसकेको र संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेको गृहमन्त्री खाँणले बताए ।‘सत्ता गठबन्धनले रुपन्देही सहित देशभर नै सफलता प्राप्त गर्छ । जनताले गठबन्धनलाई विजयी गराउनेमा ठुक्क छौँ ।’–उनले भने ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, कार्तिक २९ २०७९०९:१८:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij