मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दिपक बोहोरालाई नायक प्रदिप खड्काको समर्थन

दिपक बोहोरालाई नायक प्रदिप खड्काको समर्थन

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    दिपक बोहोरालाई नायक प्रदिप खड्काको समर्थन
    images
    images
    images

    भैरहवा । नेपाली चलचित्र क्षेत्रका चर्चित तथा पछिल्लो निकै चर्चित फिल्म प्रेम गीत–३ का नायक प्रदिप खड्काले आसन्न निर्वाचनमा रुपन्देहीका दिपक बोहोरालाई समर्थन गर्दै मतदान गर्न आग्रह गरेका छन् ।

    रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बोहोरालाई भेट्दै उनले मतदान गरी विजयी गराउनुपर्ने धारणा राखेका छन् ।मंगलबार भैरहवामा आई उनले भने ‘दिपक बोहोरा जस्तो विकासप्रेमी नेतालाई मत दिए सबैको हित हुन्छ । बोहोराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ यसैले सबैले मतादान गरी उहाँलाई विजयी गराउनुस् ।’

    images
    images
    images

    खड्कासहित टिकटक स्टार गोमा ज्ञवाली लगाएतले पनि रुपन्देहीको विकासकोलागि दिपक बोहोराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन्। नायक खड्काले भैरहवामा राप्रपा, एमाले र जसपा उमेदवार बोहोरालाई भेट गरी शुभकामना दिएका थिए ।

    खड्काको समर्थन र सहयोगप्रति बोहोराले आभार ब्यक्त गरेका छन् । उम्मेदवार बोहोराले भने,‘स्वत स्फूर्त रुपमा नायकहरुले गरेको सहयोगप्रति म आभार ब्यक्त गर्दछु ।’

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, कार्तिक ३० २०७९११:२७:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij