रुपन्देही । रुपन्देही १ (२) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन्।
रज्जाकले १२ हजार १२१ मत प्राप्त गरि विजयी भएका हुन्। लोकतान्त्रिक वाम गठबन्धनका तर्फ बाट उम्मेद्वारी दिएका नेपली कांग्रेसका रज्जाकले नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेलाई ८२९ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन्।
न्यौपानेले ११ हजार २९५ मत प्राप्त गरेका छन्। न्यौपाने संगै नागरिक उन्मुक्ति पार्टीका राकेश कोइरी,जनमत पार्टीका अमेरिका यादव, राष्ट्रिय जनमुक्तिका रेखा प्रसाद चौधरी लगायत १४ जना उम्मेदवार चुनावी मैदानमा थिए।
रुपन्देही १ प्रदेश १ मा जम्मा ४६हजार ८४१ मत खसेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij