रुपन्देही । रुपन्देही १ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका आशिष चौधरी निर्वाचित भएका छन्। चौधरीले १७ हजार ७४७ मत प्राप्त गरि विजयी भएका हुन्।
नेकपा एमालेको समेत समर्थन रहेको चौधरीले नेपाली काङ्ग्रेसका विश्वनाथ यादवलाई ३१ सय मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । यादवले १४ हजार ६४७ मत प्राप्त गरेका छन्। न्यौपाने संगै नागरिक उन्मुक्ति पार्टीका सरोज सिंह चौधरी ,जनमत पार्टीका प्रदेश केवट, राष्ट्रिय जनमुक्तिका प्रेम बहादुर थापा लगायत ११ जना उम्मेदवार चुनावी मैदानमा थिए।
रुपन्देही १ प्रदेश १ मा जम्मा ४९ हजार १४६ मत खसेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij