रुपन्देही। नेकपा एमालेका केन्द्रिय सचिब,लुम्बिनी प्रदेश इन्चार्ज रुपन्देही १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा जितको संघारमा पुगेका छन्। विश्वकर्माले ८५ हजार ८५४ मत गणना गर्दा २२ हजार २११ मत प्राप्त गरेका छन्। विश्वकर्मा मुख्य प्रतिस्पर्धी घनश्याम भुसालले प्राप्त गरेको मत भन्दा ३२ सय ८० मतले अगाडी छन्। भुसालले १८ हजार ९३१ मत प्राप्त गरेका छन्।
रुपन्देही -१ निर्वाचन अगाडी सम्म राष्ट्रिय चर्चाको रुपमा रहेको थियो। यहि क्षेत्र बाट बिश्वकर्मा र भुसाल सहित एमालेका नगर अध्यक्ष टिकाराम चापागाईंले समेत बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए। भुसाललाई लोकतान्त्रिक वाम गठबन्धनको समर्थन रहेको थियो।
९७ हजार भन्दा बढी मत खसेको यो क्षेत्रमा अझै ११ हजार भन्दा बढी मत गणना हुन् बाँकी रहेको छ। कुनै चमत्कार नभए विश्कर्मको जित सुनिश्चित जस्तै भएको छ। राति १० बजे सम्म प्रत्यक्ष तर्फको अन्तिम नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जानेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij