पाल्पा। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ को प्रदेशससभा (२) मा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती मगर (वसन्त) विजयी भएका छन् ।
घर्तीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९४१ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन्।
उनले १३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीले १३ हजार ५१ मत प्राप्त गरे । विजयी घर्ती लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij