रुपन्देही।रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य पदमा छबिलाल विश्वकर्मा निर्वाचित भएका छन्। नेकपा एमालेका केन्द्रिय सचिब,लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका विश्वकर्माले लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३५६४ मतले पराजित गर्दै विजयी भएका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरेका छन् भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै प्रतिस्पर्धामा रहेका नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६,राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले ३४ सय ८८ मत प्राप्त गरेका छन्।
रुपन्देही -१ निर्वाचन अगाडी सम्म राष्ट्रिय चर्चाको रुपमा रहेको थियो। यहि क्षेत्र बाट बिश्वकर्मा र भुसाल सहित एमालेका नगर अध्यक्ष टिकाराम चापागाईंले समेत बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
रुपन्देही १ मा ९५ हजार ६३० मत खसेको थियो।जस मध्ये ५ हजार ४५९ मत बदर भएको थियो। यस क्षेत्रमा २१ जनाले उम्मेदवारी दिएका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij