काठमाण्डौं । बालुवाटारमा जारी रहेको सत्ता गठबन्धनको बैठक छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट प्रस्थान गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड देउवासँग सहमति जुट्न नसेपछि बैठक छाडेर एमालेसँग सहमति गर्न बालकोट लागेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदन नछोड्ने अडान राखेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij