राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेका छन्।उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्।लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।
बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्केका थिए।
माओवादीका नेता देव गुरुङ पनि बालकोटमानै छन् ।प्रचण्ड समेत बालोकोट जाने तयारी भइरहेको बुझिएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij