सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कृषिमन्त्री भुसालले सार्बजनिक गरे आफुले चार महिनामा गरेको २१ काम

कृषिमन्त्री भुसालले सार्बजनिक गरे आफुले चार महिनामा गरेको २१ काम

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    कृषिमन्त्री भुसालले सार्बजनिक गरे आफुले चार महिनामा गरेको २१ काम
    images
    images
    images

    prem-dai.gif

    चैत्र ५ काठमाडौं । कृषि तथा सहकारी मन्त्री घनश्याम भुसालले जिम्मेवारी सम्हालेको चार महिनामा २१ वटा महत्त्वपूर्ण काम गरेको बताएका छन् । मन्त्री भुषालले बुधबार मनत्रालयमा पत्रकार सम्मेलन गरी आफूले यो अवधिमा गरेका कामकारवाही र भावी योजनाबारे जानकारी दिएका हुन् ।
    पत्रकार सम्मेलनमा मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि गरेका २१ वटा कामको सूची नै सार्वजनिक गरेका छन् । जसमा मन्त्रालय मातहतका निकायहरुमा सुशासन प्रवर्द्धनदेखि अन्तरमन्त्रालय समन्वय संयन्त्र निर्माण तथा मल वितरणमा हुने चुहावट रोकेको समेत रहेका छन् । त्यस्तै कृषि नीति परिवर्तनदेखि वीउविजनमा ठगिएका किसानलाई राहत प्रदान समेत मन्त्री भुषालले गरेका कामको सूचीमा रहेका छन् ।
    - कर्मचारी आचारसंहिता र सुचना प्रणाली मन्त्रालय र मातहतका निकायहरूमा सुशासन प्रवद्र्धन गर्न कर्मचारी आचारसंहिता र व्यवस्थापन सूचना प्रणाली बनाई लागूू गरिएको छ ।

    images
    images
    images

    - कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषिसँग अन्तरसम्बन्धित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरुसँग नीति र कार्यक्रमहरुमा आपसी समन्वय र सहकार्य गर्न ‘अन्तरमन्त्रालय समन्वय संयन्त्र’ निर्माण गरिएको छ ।

    - संघीय सरकार र प्रदेश सरकारका बीच कृषिका नीति, योजना, प्राथमिकता र कार्यक्रमहरुमा समन्वय र सहकार्य गर्न संघीय मन्त्रीको संयोजकत्वमा प्रदेशका मन्त्रीहरु रहेको मन्त्रीस्तरको ‘समन्वय संयन्त्र’ र संघीय सचिवको संयोजकत्वमा प्रदेशका सचिवहरु रहेको सचिवस्तरको ‘समन्वय संयन्त्र’ निर्माण गरिएको छ ।

    - गत मार्ग २२ गते र फाल्गुण २५ र २६ गते मा उक्त समन्वय संयन्त्रको बैठक बसी दुवै तहका सरकारले आपसी समन्वय र सहकार्यमा कृषिका प्राथमिकता प्राप्त क्षेत्रमा संयुक्त कार्ययोजना बनाई अगाडि बढ्ने समझदारी गरिएको छ ।

    - रासायनिक मलको उपलब्धता र वितरणको प्रभावकारी व्यवस्थापन गरिएको छ । काबु बाहिरको विषम परिस्थिति बाहेक यस वर्षका लागि पर्याप्त रासायनिक मलको उपलब्धता हुने व्यवस्था गरिएको छ । मल वितरणमा हुने चुहावट र ढिलासुस्तीलाई रोक्न फर्टिलाइजर ट्र्याकिङ सिस्टम का लागि सफ्टवेयर प्रणाालीमा लैजान लागिएको र बितरण प्रणाली चुस्त बनाउन नया निर्देशिका तयार गरिएको छ ।

    - लामो समयदेखि पदाधिकारीविहीन रहेका कृषि सामग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान, दुग्ध विकास बोर्ड, चिया तथा कफी विकास बोर्ड र कपास विकास समितिमा खुला प्रतिष्पर्धा मार्फत् पदाधिकारीहरूको पदपूर्ति गरिएको छ ।

    - दुई वर्षदेखि रिक्त रहेको नेपाल कृषि अनुसन्धान परिषद्लाई पूर्णता दिइएको छ ।

    - हामीले लेख्दै र बोल्दै आएको प्राङ्गारिक तथा जैविक कृषि प्रवर्धनका लागि यस मन्त्रालयमा आवश्यक संरचना ‘पर्यावरणीय कृषि प्रवद्र्धन एकाई’ स्थापना गरी काम आरम्भ गरिएको छ । गत बर्ष गठीत कार्यदलले दिएको प्रतिबेदनको कार्ययोजना तयार गरिएको छ ।

    - नेपाल कृषि अनुसन्धान परिषद्मा ‘वर्णशंकर जात बिकास ईकाई’ स्थापना गरी देशभित्र नै बालीनालीका वर्णशंकर जात विकासको कार्य अगाडि बढाइएको छ ।

    - उखु उत्पादक किसानलाई यस मन्त्रालयबाट दिईँदै आएको अनुदान रकम किसानकै बैंक खातामा उपलब्ध गराइने कार्यबिधीको कार्यान्वयन सुनिश्चित गरिएको छ । यसबाट विचौलिया र अनावश्यक पक्षको चलखेल अन्त्य भएको छ ।

    - गरिमा धानको नाममा आएको बीउबाट हुन गएको क्षतिबारे बीउ आयातकर्तालाई नगद जरिवाना र अनुमति प्रमाणपत्र निलम्बनको कारवाही गरिएको, आयातकर्ता कम्पनीको अनुमति प्रमाणपत्र खारेजीको कारवाही कानूनी प्रक्रियामा रहेको र पीडित किसानहरुलाई नगद राहत दिने निर्णय गरिएको छ ।

    - तीन दशक भन्दा लामो समयसम्म अद्याबधिक नभएको ‘कृषि तथ्याङ्क प्रणाली’लाई भरपर्दो र विश्वसनीय बनाउन सूचना प्रविधिमा आधारित तथ्याङ्क प्रणाली विकासको कार्य अगाडि बढाइएको छ । आगामी वर्षदेखि हामीसँग सूचना प्रविधिमा आधारित कृषि सम्बन्धी तथ्याङ्क प्रणाली हुनेछ ।

    - कृषि क्षेत्रको समस्या समाधान गर्न कृषि सम्बन्धी छुट्टै ऐन आवश्यक रहेकोले ‘कृषि ऐन’ निर्माणको कार्य यथासक्य छिटो सम्पन्न गर्नेगरी अघि बढाइएको छ ।

    - प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको प्रभावकारिता र अबको कार्यादेश बारे गम्भीर गृहकार्य भइरहेको छ ।
    यस परियोजनाबाट शीतभण्डार निर्माणका लागि सम्झौता गरी पेश्कीसमेत लिएर निर्धारित समयामा सम्पन्न गर्नुपर्ने काम नगरेका ६ वटा कम्पनीहरूसँगको सम्झौता रद्द गरी उनीहरूको बैंक धरौटीबाट पेश्कीबापतको रकम असुलउपर गरिएको छ ।

    - धेरै परिमाणमा आयात हुने कृषि उपजहरू धान, मकै, आलु, स्याउ, माछा, दूध र मासु लगायतका मुख्य बालीवस्तुहरुको उत्पादन बढाई आत्मनिर्भर हुने कार्यक्रममा केन्द्रित हुन तीनै तहका सरकारबीच वातावरण बनाइएको छ । सरकारी, सहकारी र निजी क्षेत्रबीच समन्वय र सहकार्य सहितको योजना तयार गरिएको छ । निर्यातको सम्भावना बोकेका बालीवस्तुहरू खासगरी अलैंची, चिया, कफी र अदुवाको प्रवद्र्धनका लागि ठोस योजना बनाइएको छ ।

    - उन्नत नश्लका पशुपन्छी, बीउविजन, बेर्ना र बिरुवामा मुलुकलाई आत्मनिर्भर बनाउन सबै सरकारी फार्म केन्द्र र कृषि अनुसन्धान परिषद्अन्तर्गतका अनुसन्धान केन्द्र र साधनश्रोतको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना निर्माण भएको छ ।

    - राष्ट्रिय कृषि नीति २०६१ परिवर्तित सन्दर्भअनुसार परिमार्जन गर्नका लागि प्रकृया आरभ्म भएको छ ।

    - संघीय प्रशासनिक संरचनाहरूमा व्यवस्थापन सर्भे गरी चुस्त र प्रभावकारी संगठन संरचना बनाउने कार्य अगाडि बढाइएको छ ।

    - कृषि अर्थतन्त्रसंग सम्बन्धित नीतिहरुमा छलफल र अन्तक्र्रिया गर्न मन्त्रालयमा नियमितरुपमा ‘नीति संवाद’ कार्यक्रम सञ्चालन गरिएको छ ।

    - पशु कल्याण ऐन तयारीका लागि मन्त्री परिषदबाट स्वीकृतीका लागि प्रस्ताव पेश गरिएको छ । एक स्वास्थ्य रणनीति स्वीकृत भै कार्यान्वयनमा आएको छ ।

    - खाद्य अधिकार तथा खाद्य संप्रभुता नियामावली र बिषादी ब्यवस्थापन नियमावली को अन्तिम मस्यौदा तयारी हुने क्रममा छ ।

    87367161_2588306761401095_2587799666506596352_n.jpg

    images
    images
    • बुधवार, चैत्र ५ २०७६१०:१९:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij