बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले २७ पुस दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
लुम्बिनीमा ८७ सदस्यीय प्रदेश सभा छ । यहाँ वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् ।
नेकपा (एमाले)का २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा र जनमतका ३÷३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसको २७, लोसपाको ३, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का १/१ जना र स्वतन्त्र २ जना छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij