निर्मल (एसपी) थापा, देवदह ।करीव ७ बर्ष अघि गौतमबुद्ध राष्ट्रिय उद्यान नामाकरण गरी ३ वटा सेड निर्माण गरेर वनभोज खाने स्थान बनाइएको गौतमबुद्ध राष्ट्रिय उद्यान भ्रमण तथा बनभोजका लागि यतिबेला जिल्लाकै मुख्य गन्तब्य भएको छ ।

बुटवलबाट पूर्वतिर महेन्द्र राजमार्ग हुँदै १५ किमी यात्रा गरे पछि देवदहको खैरेनी बजार चोक पुगिन्छ । सोहि चोकबाट गोठादी मार्ग हुँदै २.५ किमीमा अवस्थित गौतम बुद्ध राष्ट्रिय उद्यान यतिबेला पर्यटकको रोजाई बनेको हो ।

हाल गौतम बुद्द राष्ट्रिय उद्यानमा दैनिक रुपमा सयौं पर्यटक अवलोकनका लागि आउने गर्छन ।विशेष गरि विदाको दिन पर्यटकको अत्यधिक घुइंचो लाग्ने गर्छ ।रुपन्देही संगै नवलपरासी, कपिलबस्तु र पाल्पा बाट समेत उद्यान अवलोकनका लागि आउने गरेका छन् ।

२०७६ सालमा ड्रिम देवदहको सहकार्यमा ललितकला प्रज्ञा प्रतिष्ठानले चलाइएको काष्ठकला कार्यशालाले सामुदायिक वनको मुहारनै फेरिदिएको छ । बिश्व शान्तिका अग्रदुत गौतम बुद्दको मावली स्थल भनेर चिनिने देवदह र गौतम बुद्धको जिवनकथा पढ्ने हरुका लागि राम्रो गन्तब्य समेत बनेको छ ।

देशका विभिन्न स्थानबाट आएका १७ जना कलाकारले काठका ढलेका मुढामा बुद्ध जीवनीसँग जोडिएका मूर्तिहरू कुँदेका छन् । तिनै मूर्तिहरू अहिले गौतमबुद्ध राष्ट्रिय उद्यानका प्रमुख आकर्षक बनेका छन्।
बुद्द सामुदायिक बनको ८ हेक्टर क्षेत्रमा निर्माण गरिएको पार्कमा निर्माण गरिएको बुद्धसँग सम्बन्धित काठका मूर्तिहरू, सेल्फी ब्रिज, भुलभुले झरना, पानीको फोहोरा उक्त पार्कको मुख्य आकर्षण रहेका छन् ।

पार्क अवलोकनको लागि ३० रुपैयाँको टिकट काट्नुपर्छ भने पिकनिक लागि २५ जनाको समूहलाई २ सय र त्यो भन्दामाथि ४ सय रुपैयाँ लिने गरिएको छ त्यसका अलावा बनभोज सेडका लागि ५ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ।


आज शनिबार विदाको दिन परेकोले २ हजार भन्दा बढीले पार्कको अवलोकन गरेको बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर रानाले जानकारी दिनुभयो ।आज मात्रै बनभोज खाने १३ समूह र अवलोकनको लागि ५ सय बढी आएको रानाले बताउनुभयो । गत वर्ष टिकट बिक्रि बाट मात्रै १४ लाख आम्दानी भएको थियो ।

पर्यटकीय क्षेत्रको प्रयाप्त सम्भावना बोकेको यस उद्यान पछिल्लो आन्तरिक पर्यटकको रोजाई बनेको र यसले गर्दा देवदहको विकास र पर्यटनमा थप टेवा पुग्ने विश्वास लिएको पार्कमा बनभोजका लागि आउनुभएको मिलन मास्की रानाले बताउनुभयो ।

पार्कमा अहिले सम्म केन्द्र सरकार, प्रदेश र स्थानीय तह तथा सामुदायिक बनको गरेर २ करोड लगानी भैसकेको छ ।पार्कको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न र लुम्बिनी प्रदेशकै उत्कृष्ट पार्कको रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष रानाले बताउनुभयो ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij