हरेक बर्ष ४ फ्रेबुअरी अर्थात आजको दिन माघ २१ गते नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यस बर्ष पनि मनाइएको छ । यस बर्ष 'क्लोजिङ्ग द ग्याप ईन क्यान्सर केयर' अर्थात क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गरौं भन्ने मुल नाराका साथ देवदह नगरपालिका स्वास्थ्य शाखाद्वारा देवदह नगरपालिका वडा-१२ ढोलवजहा, वडा कार्यालयको सभाहलमा जनचेतना मूलक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा देवदह नगपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक गिरी त्रामुले क्यान्सर रोगको के हो? कसरी रोग लाग्छ ? यस रोगकोलक्षण र चिन्ह, रोगबाट बच्ने उपाय, रोग निदान लागि के के गर्नु पर्छ? क्यान्सर रोग भएमा कहाँ कसरी उपचार गर्नसकिन्छ? नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारले क्यान्सर रोगीहरुको लागि दिईने सेवा सुविधाको
विषयमा स्वास्थ्य शिक्षा तथा जनचेतना प्रदान गर्नु भएको थियो।
विश्व क्यान्सर दिवसको अवसरमा देवदह नगरपालिका वडा-१२ ढोलवजहा वडा कार्यालयको सभाहलमा वडा १२ का वडा अध्यक्ष श्री डेग बहादुर सारु मगरको अध्यक्षतामा देवदह वडा १२ का जनप्रतिनिधि, महिला सामुदायिक स्वयम् सेविका, बालक्लवका प्रतिनिधि, स्वास्थ्य आमा समूह सदस्य, स्थानिय बासी, सिक्टहन माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधि, शिक्षक लगायत युवा वर्गहरुकोउपस्थितिमा सिक्टहन स्वास्थ्य चौकीका स्वास्थ्य संस्था प्रमुख रेशम बहादुर सुनारको स्वागत मन्तब्य , देवदह नगर
अस्पताल ईमरजेन्सी विभागमा कार्यरत जनस्वास्थ्य निरीक्षक राम प्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij