सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

दिल्लीमा लक डाउनका बीच घर जाने सर्बसाधारणको भिड

दिल्लीमा लक डाउनका बीच घर जाने सर्बसाधारणको भिड

images
  • 833
    SHARES

  • images
    images
    images
    दिल्लीमा लक डाउनका बीच घर जाने सर्बसाधारणको भिड
    images
    images
    images

    चैत्र १५ ।काठमाडौं- कोरोना भाइरसको महामारीविरुद्ध भारतमा लकडाउन छ । भारतीय प्रधानमन्त्रीले २१ दिनको लकडाउनमा सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

    उनले २१ दिन संयम हुन नसके देश २१ वर्षपछि पर्ने बताएका छन् । तर लकडाउनकैबीच सर्वसाधारण नागरिक भने दिल्लीबाट बाहिरिने योजनासहित बसपार्कमा भेला भएका छन् ।
    यो घटना हिजो (शनिबार) को हो । शनिबार भारतमा लकडाउन जारी भएको चौथो दिन, राजधानी दिल्लीस्थित विभिन्न बस पार्कमा हजारौं मानिसहरु आ आफ्नो घर फर्किन जम्मा भएका थिए ।

    images
    images
    images

    भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीको अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेको छ।

    भारतको प्रमुख विपक्षी पार्टी काँग्रेस आईकी महासचिव प्रियंका गान्धीले शनिबार दिल्लीको आनन्द विहार, गाजिवादलगायत क्षेत्रबाट महिला, बालबालिकासहित मजदुरहरु आ आफ्नो घर फर्किन सडकमा आएको बताएकी छन्। उनले यो अवस्था नियन्त्रणमा लिनसमेत सरकारसँग माग गरेकी छन्। साथै उनले भारत सरकारको आलोचना पनि गरेकी छन्।

    भारतमा हालसम्म कोरोनाबाट २४ जनाको मृत्यु भइसकेको छ भने, ९ सय ८७ जना संक्रमित भएका छन्। भारतमा २१ दिने लकडाउन जारी छ।

    images
    images
    • आइतवार, चैत्र १६ २०७६०२:५१:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij