सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार उजुरी,यी हुन् उजुरी परेका अन्य भिआइपिहरु

रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार उजुरी,यी हुन् उजुरी परेका अन्य भिआइपिहरु

images
  • 933
    SHARES

  • images
    images
    images
    रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार उजुरी,यी हुन् उजुरी परेका अन्य भिआइपिहरु
    images
    images
    images

    चैत्र २० ,काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री आयातमा ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार मुद्दा दायर गरेका हुन् । उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध त्रिपाठीले मुद्दा दायर गरेका हुन् ।

    उजुरीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र र ओम्नी बिजनेस समूहका सञ्चालकलाई समेत कारवाहीको माग गरिएको छ ।प्रमाण नष्ट हुने भएकाले उपप्रधान तथा रक्षा मन्त्री पोखरेललाई तत्कालै हिरासतमा लिएर मुद्दा दायर गर्न उजुरीमा माग गरिएको छ । बजार मूल्यभन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डमा नपरेका किट खरिद भएको अनि सेटिङका आधारमा खरिद गरेर भ्रष्टाचार गरेको आरोप लगाएर त्रिपाठीले मुद्दा दर्ता गरेका हुन ।

    images
    images
    images

    90944900_850870098743354_1763996553694937088_n.jpg

    images
    images
    • बिहिवार, चैत्र २० २०७६०४:५३:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij