मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ऋषि धमलालाई पटमूर्खको उपाधि

ऋषि धमलालाई पटमूर्खको उपाधि

images
  • 368
    SHARES

  • images
    images
    images
    ऋषि धमलालाई पटमूर्खको उपाधि
    images
    images
    images

    धनुषा । यस वर्षको पटमूर्खको उपाधि सञ्चारकर्मी ऋषि धमलालाई प्रदान गरिएको छ । मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमलालालाई पटमूर्खको उपाधि दिइएको हो ।

    महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पाएका छन् । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    images
    images
    images

    साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई पनि विभिन्न शीर्षकको मूर्खको उपाधिले सम्मानित गरिएको छ ।

    विभिन्न शीर्षकमा मूर्खको उपाधि पाउने विशिष्ट रत्नेश्वर लाल कर्ण (डपौर शङ्ख), महोत्तरी मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल (वैशाखानन्दन), नेत्री विभा ठाकुर (गणपसारी), वन कर्मचारी लालबाबु यादव (हराशङ्ख), अधिवक्ता रेखा झा (सिलौट शङ्कर), याज्ञवल्क्य विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झा (खपसुरत), खेलाडी अरुण लाल (बज्रशङ्ख), व्यवसायी बलराम साह (ब्रजशङ्ख), पत्रकार वीरेन्द्र रमण (सोटाचन्थ), कवयत्री किरण झा ‘रश्मी’ (टुनमुसरी) तथा मोनाष्टिक स्कुलका सञ्चालक डा.सोनु साह (बज्रकिट) रहेका छन् ।

    सबै मूर्ख उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्यकारले कविता, होली तथा जोगिरा प्रस्तुत गरेका थिए ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, फाल्गुण २३ २०७९०९:४८:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij