भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिदै ,एकै दिन ५२९ नयाँ संक्रमित
भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिदै ,एकै दिन ५२९ नयाँ संक्रमित
1.7K
SHARES
चैत्र २३ ,काठमाडौं। कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शनिबार भारतमा एकै दिन १३ जनाको मृत्यु भएको छ । भारतमा कुल संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । बाँकी ३ हजार २६० जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।