सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
    images
    images
    images

    चैत २५ काठमाडौं । मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको देखिएको भन्दै छानविन गर्न माग गरेको छ।

    सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार तथा अनियमिततामा संलग्नलाई पदमुक्त गर्न सरकारसँग माग गरेको हो।

    images
    images
    images

    ‘स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानवीन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग भने।

    शर्माका अनुसार पदाधिकारी बैठकमा कोरोना जोखिम सामना गर्न सरकारले हालसम्म गरेका तयारीबारे समीक्षा गरिएको थियो।

    ‘समय पर्याप्त पाएर पनि तयारी नगरिनुलाई दु:खद रूपमा लिँदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थालाई गम्भीरतापूर्वक लिएर परीक्षण दायरा बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ,’ शर्माले भने।

    बैठकले कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसंभव सघाउने निर्णय गरेको छ। कांग्रेसले स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले कोरोनाविरूद्धको संघर्षमा सफलता मिल्ने विश्वाससमेत गरेको छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार स्वास्थ्यकर्मीलाई पिपिईलगायत अत्यावश्यक सामाग्री सरकारले उपलब्ध गराउन नसकेकोमा चिन्ता प्रकट गरेको छ।

    Nepali-Congress-Party-Office.jpg

    ‘पिपिई, परिक्षण किट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोबैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको हो,’ पौडेलले भने।
    कांग्रेसले सुरक्षाकर्मी एवं निरन्तर सु-सूचित गरिरहेका संचारकर्मीलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ। लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले आग्रह गरेको उनले बताए।

    देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन कांग्रेसले सरकारको ध्यानाकर्षणसमेत गराएको पौडेलले जानकारी दिए।

    ज्यालादारी श्रमिकहरुले अझै राहत नपाएको भन्दै कांग्रेसले बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागि पनि तत्काल राहत घोषणा गर्न माग गरेको हो। ‘कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न माग गरेको छ,’ उनले भने।

    कांग्रेसले कोरोनाको जोखिमसँग जुध्न विज्ञ समूह निर्माण गरेर निरन्तर परामर्शमा कार्य गर्ने निर्णय गरेको उनले बताए।

    images
    images
    • मंगलवार, चैत्र २५ २०७६०२:०७:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij