सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

वुहान सहरमा हटाइयो लकडाउन

वुहान सहरमा हटाइयो लकडाउन

images
  • 882
    SHARES

  • images
    images
    images
    वुहान सहरमा हटाइयो लकडाउन
    images
    images
    images

    एजेन्सी, २६ चैत । कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको छ ।

    मङ्गलवार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेकाे देखिएपछि प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको बिबिसीले जनाएको छ ।

    images
    images
    images

    गत जनवरीदेखि वुहान सहर पूर्णतया लकडाउनमा थियो । त्यहाँ महामारी नियन्त्रण आइसकेकोले लकडाउन खुकुलो पारिएको बताइएको छ । यससँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् ।
    पहिलोपटक वुहानभित्र बन्दी अवस्थामा रहेका मानिसहरु अब अन्यत्र सहरमा जान सक्नेछन् । तर स्मार्टफोनमा व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले मात्र यो सुविधान पाउनेछन् ।

    १ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा गत जनवरी २३ देखि पूर्णतया सबैजसो व्यापार, व्यवसाय, यातायातका साधन बन्द गरिएको थियो । मानिसहरुलाई हिडडूल गर्न समेत बन्देज लगाइएको थियो । अब विस्तारै वुहान सहरको दैनिकी पुरानै लयमा फर्कन थालेको छ ।
    अहिले चीनमा १ हजार १९० जनामा मात्र काेराेना भाइरसकाे संक्रमण कायम रहेकाे छ । ती वुहानभन्दा पनि अन्यत्र विभिन्न सहरमा ‘इम्पाेर्टेड केस’काे रहेकाे जनाइएकाे छ । चीनमा हालसम्म संक्रमितमध्ये ७७ हजार २७९ जना निकाे भइसकेका छन् भने ३ हजार ३३३ जनाकाे ज्यान गएकाे छ ।

    images
    images
    • बुधवार, चैत्र २६ २०७६०४:२३:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij