सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा बुलेट ट्रेनको गतिमा फैलिदै कोरोना ,एकै दिन हजार बढीमा संक्रमण ४० को मृत्यु

भारतमा बुलेट ट्रेनको गतिमा फैलिदै कोरोना ,एकै दिन हजार बढीमा संक्रमण ४० को मृत्यु

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    भारतमा बुलेट ट्रेनको गतिमा फैलिदै कोरोना ,एकै दिन हजार बढीमा संक्रमण ४० को मृत्यु
    images
    images
    images

    नयाँदिल्ली ।भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्रमित भएका छन् ।

    जसमध्ये २३९ को मृत्यु भएको छ भने ६४२ जना उपचारपछि निको भइसकेको छन्। पछिल्लो चौबीस घन्टामा मात्रै एक हजार जना संंक्रमण पाइएको छ भने चालीसको मृत्यु भएको छ।

    images
    images
    images

    सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा १६६६ जनामा संक्रमण पुष्टि भएको छ भने ११० जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ले चौबीस घन्टामा मात्रै महाराष्ट्रमा कोरोना संक्रमणका ९२ वटा नयाँ केस देखिएको छ। महाराष्ट्र छि बढी संक्रमित हुनेमा पर्छ राजधानी दिल्ली। दिल्लीमा शनिबार अपरान्हसम्ममा ९ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १३ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा शुक्रबार मात्रै १८३ वटा नयाँ केस पहिचान भएको थियो। अहिलेसम्म एक दिनमै संक्रमित संख्यामा भएको यो सबैभन्दा उच्च वृद्धि हो। तेस्रो उच्च संक्रमण भएको राज्य हो तमिलनाडु। तमिलनाडुमा हालसम्म ९११ जनामा संक्रमण देखिएको छ भने नौ जनाको मृत्यु भइसकेको छ। भारतमा कोरोनाको पहिलो केस २ माघमा पहिचान भएको थियो। र, तीन महिनाको अवधिमा भाइरसको संक्रमण पुरै भारतभरि नै फैलिसकेको छ।

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था र नियन्त्रण तथा रोकथामका सम्बन्धमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन्। भिडियो कन्फरेन्समार्फत् भएको उक्त छलफलमा मुख्यमन्त्रीहरुले कोरोना महामारीको पछिल्लो अवस्था र यसको नियन्त्रणका लागि चाल्नु पर्ने उपायहरुका बारेमा पनि सझुाव दिएका थिए। प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुबाट लकडाउनको प्रभावकारिता र यसलाई निरन्तरता दिने नदिने सम्बन्धमा पनि सुझाव मागेका थिए। मुख्यमन्त्रीहरुसँगको शनिबारको छलफलपछि प्रधानमन्त्री मोदीले लकडाउनलाई लम्बाउने वा नलम्बाउने विषयमा निर्णय लिने बताइएको छ।

    images
    images
    • शनिवार, चैत्र २९ २०७६११:४५:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij