सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

साउदीमा अनिश्चितकालका लागि बढाइयो कर्फ्यु

साउदीमा अनिश्चितकालका लागि बढाइयो कर्फ्यु

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    साउदीमा अनिश्चितकालका लागि बढाइयो कर्फ्यु
    images
    images
    images

    चैत ३०,काठमाडौं । साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । अल जा जीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

    साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् । गत साता साउदीले रियादलगायत अन्य सहरमा भने कर्फ्यूको समय बढाएको थियो । यी सहरमा २४ घण्टा नै कर्फ्युको घोषणा गरिएको हो । यी सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्रीका लागि बिहान छ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ ।
    शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदा सम्म जारी रहने तथा मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने बताएको छ । अहिलेसम्म कोरोना भाइरसको कारण साउदी अरेबियामा चार हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

    images
    images
    images

     

    images
    images
    • आइतवार, चैत्र ३० २०७६०३:५७:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij