बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

images
  • 292
    SHARES

  • images
    images
    images
    सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
    images
    images
    images

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

    सो आइपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

    images
    images
    images

    कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, भाद्र ४ २०८००८:४३:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij