बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

हिम स्टार ऊर्जा कम्पनीको आइपीओ असार २४ बाट सर्वसाधारणका लागि खुल्ने

हिम स्टार ऊर्जा कम्पनीको आइपीओ असार २४ बाट सर्वसाधारणका लागि खुल्ने

images
  • 384
    SHARES

  • images
    images
    images
    हिम स्टार ऊर्जा कम्पनीको आइपीओ असार २४ बाट सर्वसाधारणका लागि खुल्ने
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं।  हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता सेयर निष्कासन गर्ने भएको हो । 

    यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

    images
    images
    images

    हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ ।

    इक्रम नेपालले हिम स्टार उर्जाको आइपीओलाई इक्र एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आषाढ १७ २०८२०२:०५:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij