सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित

अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित

images
  • 895
    SHARES

  • images
    images
    images
    अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित
    images
    images
    images

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात्‌ स्थायी बसोबासका आकाङ्क्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन् ।

    सोमबार राति अस्पष्ट ट्वीट गर्दै ट्रम्पले उक्त कदमले रोजगारी गुमाएका अमेरिकीहरूको रक्षा गर्ने दाबी गरेका थिए । पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु नहुने बिबिसीले जनाएको छ ।
    नियमित पत्रकार सम्मेलनका क्रममा उनले लाखौँ अमेरिकीहरुले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न र एकअर्काको ज्यान जोगाउन रोजगारी त्याग गरेको बताएका थिए । उनले ग्रीनकार्डका आकाङ्क्षी विदेशी नागरिकमाथि लगाइने भनिएको रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने समेत बताएका छन् ।

    images
    images
    images

    ट्रम्पका अनुसार यस विषयमा कार्यकारी आदेशको लिखित दस्तावेज तयार गर्ने काम भइरहेको र ह्वाइट हाउसका वकिलहरूले बुधबार (आज)सम्म त्यसलाई हस्ताक्षरयोग्य बनाउने सम्भावना छ ।

    यससँगै कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरूले बताएका छन् ।

    एजेन्सी

    images
    images
    • बुधवार, बैशाख १० २०७७०६:२७:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij