मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनार्दन शर्मा भन्छन्– हस्ताक्षार होइन बैठक चाहियो

जनार्दन शर्मा भन्छन्– हस्ताक्षार होइन बैठक चाहियो

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    जनार्दन शर्मा भन्छन्– हस्ताक्षार होइन बैठक चाहियो
    images
    images
    images

    वैशाख १७,काठमाडौं । बालुवाटारको शक्ति र स्रोत परिचालन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले हस्ताक्षर अभियान थालेको नेकपा नेता जनार्दन शर्माले आरोप लगाएका छन् ।

    आफूहरुले भने सांसदहरुको हस्ताक्षर संकलन नगरेको शर्माले दाबी गरे । ‘बालुवाटारमा पो शक्ति, साधन स्रोत छ र हस्ताक्षर गर्छ, हामीले के हस्ताक्षर गर्ने ? मान्छेलाई घरघर गई गाडीबाट ल्याउँदै लग्दै, सही गर्दै गरेका छन् र अहिले भ्रमपूर्ण डाटा पेश गरिरहेका छन्, त्यो गलत हो’ पूर्वमाओवादी नेता शर्माले भने, ‘अस्तिदेखि उनीहरुले पहिले दल कार्यालयमा हस्ताक्षर गराएका थिए । आज त पूरै बालुवाटारमै बोलाएर हस्ताक्षर गराइरहेका छन् ।’
    आफूहरुलाई हस्ताक्षर भन्दा पहिले पार्टीको बैठक चाहिएको शर्माले बताए । ‘हामीलाई हस्ताक्षर चाहिएको छैन, हामीलाई त पार्टीको बैठक चाहिएको छ’ उनी भन्छन्, ‘माननीयहरुलाई बालुवाटारमा बोलाउँदै ढाटमा कुन पक्षको मान्छे हो भनेर सोधियो रे ।’

    images
    images
    images

    नेपाली कांग्रेस निकटस्थहरुले पनि नेकपा सांसदलाई फोन गरेर ओली पक्षमा लाग्न दबाव दिएको शर्माको आरोप छ । अनलाइनखबरसँग कुरा गर्दै पूर्वमन्त्री शर्माले भने, ‘म तपाईहरुलाई एउटा इन्फरमेसन भन्दिन्छु, सुजाता कोइरालाका पीएले हाम्रा सांसद शिवकुमार मण्डललाई तपाईं केपीको पक्षमा लाग्नुपर्छ अनि तपाई मन्त्री हुने हो भने रे । उहाँले त्यताका मान्छे पनि परिचालन गर्नुभएको छ ।’

    प्रधनमन्त्री केपी ओलीले डराएर हस्ताक्षर संकलन गरेको शर्माको आरोप छ । उनी भन्छन्, ‘उहाँ डराएर हस्ताक्षर गराउँदै हुनुहुन्छ, हामी त पहिला पार्टीमा सिधै फेस गर्छौं । पार्टीपछि संसदीय दल दोस्रो कुरा हो । हामीलाई अहिले बहुमत साबित गर्नु छैन । हामीलाई त पहिले पार्टीमा निर्णय गर्नुछ ।’

    संसदीय दलमा बहुमत देखाउनुभन्दा पहिले पार्टीको बैठक हुनुपर्ने शर्माको भनाइ छ, उनी भन्छन्, ‘पार्टीले किन गल्ती गरेको भनेर हामी बैठक गर्न चाहन्छौं । हामीले अहिले नै कसैलाई हटाउने भनेका त छैनौं तर पार्टीले जे निर्णय गर्नुपर्ने हो, त्यहीँ गर्छ । कहाँ समस्या छ, कहाँ कुहिएको छ, त्यो त काटेर फाल्नुपर्‍यो नि क्यान्सर लागेपछि । घाउ पत्ता लगाएर घाउ झिक्नुपर्‍यो ।’

    आफूहरुको तर्फबाट हाम्रो हस्ताक्षर अभियान नचलेको शर्माले दाबी गरे । ‘बरु हामीले भनेको के हो भने हस्ताक्षर गराउलान्, नगर्नू । त्यसैलाई हस्ताक्षर भने । अहिले हस्ताक्षर नगरी बसिराख्नु, पछि पार्टीको बैठकपछि हुन्छ भन्या हो हामीले ।’ शर्मा अगाडि भन्छन्, ‘अहिले हस्ताक्षर किन चाहिएको छ हामीलाई ? चाहियो भने हस्ताक्षर त एकैछिनमा गराइहाल्छौं । तर, हामीलाई त अहिले पार्टीको बैठक चाहिएको छ ।

    हस्ताक्षर संकलन भइरहेको ओली पक्षको दाबी

    आफूहरुले हस्ताक्षर संकलन नगरेको शर्माले दाबी गरे पनि माधव–प्रचण्ड पक्षबाट प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर संकलन भइरहेको संस्थापन पक्षको दाबी छ ।

    मंगलबार बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले सुरुमै प्रश्न गरेका थिए, ‘मेराविरुद्ध किन हस्ताक्षर संकलन गरेको ? के पार्टी फुटाउन खोजेको ?’

    जवाफमा प्रचण्डले पार्टी फुटाउनका लागि होइन, फुटबाट जोगाउन र एकतावद्ध गराउनका लागि हस्ताक्षर आवश्यक भएको बताएका थिए ।

    नेकपाको भित्री स्रोतका अनुसार प्रधानमन्त्री ओली पक्षले संसदीय दलमा बहुमत जुटाउनका लागि हस्ताक्षर संकलन सुरु गरेपछि प्रचण्ड–माधव पक्षले पनि हस्ताक्षर संकलन गरिरहेका छन् ।

    पूर्वएमाले र पूर्वमाओवादी पक्षबाट बेग्लाबेग्लै हस्ताक्षर संकलन भइरहेको हुनाले कतिजनाले हस्ताक्षर गरे भन्ने गणना हुन बाँकी रहेको स्रोतले बतायो ।

    images
    images
    • बुधवार, बैशाख १७ २०७७०२:३८:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij