शिक्षा
देवदह । देवदह नगरपालिका र सामुदायिक बिद्यालयका प्रधानाध्यापक बिच कार्यसम्पादन सम्झौता भएको छ ।
देवदह नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका साथै समग्र विद्यालयको सेवाप्रवाहलाई नतिजामुखी बनाउन, भौतिक लगायत व्यवस्थापकिय सुधारको योजना सहित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सङ्ग कार्यसम्पादन सम्झौता गरिएको हो ।
विभिन्न महत्त्वपूर्ण विषयमा ४५ बुदे कार्यसम्पादन सम्झौता नगर प्रमुख ध्रुव प्रसाद खरेल, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख उपसचिव टिकाराम शर्मा, नगर प्रबक्ता गणेश डुम्रे, शिक्षा अधिकृत पर्शुराम ढकाल र सामुदायिक विद्यालयका प्रधानाध्यापकजहरुको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो ।
४५ बुदे सम्झौता हेर्नुहोस
कार्य सम्पादन संझौता २०८०.pdf :To download file click here
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij