अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवत र स्वस्थ’ रहेको पुष्टि गरेका छन् । उत्तर कोरियाली राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर ट्रम्पले रिट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘उनी फर्किएकोमा र स्वस्थ रहेकोमा हर्षित छु’ उनले लेखेका छन् ।
तीन हप्तासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमानहरु गरिएका थिए । ट्रम्पले उक्त फोटो ट्वीट गरेपछि सीएनएनले ह्वाइट हाउससँग ‘राष्ट्रपति ट्रम्पले उक्त फोटो वास्तविक भएको प्रमाणित गरेका हुन् ?’ भनेर प्रश्न गरेको थियो ।
जवाफमा एक अमेरिकी अधिकारीले विभिन्न तहका गुप्तचरको सूचनाबाट उत्तर कोरियाले जारी गरेको तस्विर वैध भएको पाइएको जानकारी दिए ।उता, दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकार मुन चुङले किम वोनसान क्षेत्रमा अप्रिल १३ देखि बसिरहेको जानकारी दिएका छन् ।
गत अप्रिल १५ मा आफ्नो हजुरबुबाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा अनुपस्थित भएपछि किमको स्वास्थ्य अवस्थाबारे प्रश्न उठेको थियो । उनी त्यसको चार दिनअघि पार्टीको पोलिटब्युरो बैठकमा अन्तिम पटक सार्वजनिकरुपमा देखिएका थिए ।
सीएनएन
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij