मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन

माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन

images
  • 319
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन
    images
    images
    images

    देवदह । नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन गरिएको छ । सोमबार एक कार्यक्रमबीच अभियानको लागि केन्द्र र प्रदेशबाट सहभागी नेतृत्वलाई कार्यक्षेत्रबाट विदाई गर्दै माओवादीले अभियानको औपचारिक समापन गर्यो । 

     

    images
    images
    images

    No description available.

     

    देवदह नगरस्तरिय समिक्षा बैठकको ब्यानरमा आयोजित समापन कार्यक्रममा बोल्दै अभियानको लागि पार्टी केन्द्रबाट देवदह कार्यक्षेत्रमा आएका केन्द्रिय सदस्य सिता बौडेलले जनयुद्धकालमा देवदहमा काम गरेका साथीहरूसँगको भेटले आफुलाई गम्भीर बनाएको भन्दै आशुँ नै खसालिन् । " कमरेडहरू म आज समालिन सकेको छैन"  जनयुद्धमा श्रीमान् गुमाएकी सहिद परिवार बौडेलले भनिन्, "जनयुद्धकालमा पनि देवदहमा काम गर्दा सुरक्षित महसुस हुन्थ्यो, मेरो श्रीमानले लामो समय यहाँ काम गर्नुभयो र पछि चितवन कार्यक्षेत्रमा खटिदा सहादत प्राप्त गर्नुभयो । अभियानका क्रममा म हामीलाई जनयुद्धमा सघाउने, हामीलाई सेल्टर दिने सबै बुवा-आमा र साथीहरूको घरमा पुगेको छु । अझै पनि उहाँहरूले हामीलाई उत्तिकै माया गर्नुहुन्छ ।"

    संविधानसभा सदस्य समेत रहेकी बौडेलले हलमा यसो भनिरहँदा हल नै गम्भीर बनेको बैठकमा सहभागी एक माओवादी कार्यकर्ताले बताए । सो अवसरमा नेत्री बौडेलले देवदहमा पार्टी कमजोर नभएको तर नगर नेतृत्वको टिमवर्कमा आफुले समस्या देखेको भन्दै एकताबद्ध भएर मेहनत गरेको अवस्थामा अहिलेपनि तीनदेखी चार वटा वडा माओवादी एक्लै जित्न सक्ने आफुले देखेको बताईन् । 
     
    सो अवसरमा पार्टी जिल्लाबाट अभियानको लागि देवदहमा खटिएका पार्टी जिल्ला सचिव सन्तप्रसाद यादव लगायतलाई अभियानमा खटिएकोमा आभार सहित सम्मान गरिएको थियो । 

    घरघरमा माओवादी, जनजनमा माओवादी, मनमनमा माओवादी नारा सहित देवदहमा भदौ ६ गतेबाट सुरू भएको अभियानका क्रममामा ८५२ जना नयाँ पार्टी सदस्य थपिएको र अभियानले पार्टी कार्यकर्ता र जनामा उत्साह ल्याएको पार्टीका देवदह नगर अध्यक्ष गोविन्द ठटराईले बताए ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij