सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका निर्माण हुने

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका निर्माण हुने

images
  • 294
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका निर्माण हुने
    images
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा नेपाल फार्मेसी संघ रुपन्देहीले फार्मेसी बाटिका (पार्क) स्थापना गर्ने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागिएको बाटिकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले मँगलबार संयुक्त रुपमा शिलान्यास गरे ।

    ओपिडि भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्कको लागि १० लाख रुपैंया खर्च अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिए ।

    images
    images
    images

    लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउँदै नगरप्रमुख पाण्डेयले त्यसको लागि सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे । उनले सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन सकियो भने न्यून आय भएका नागरिकका छोराछोरीले पढ्न सक्ने र त्यसपछि मेडिकल कलेज बनाउनको लागि कसैले पनि रोक्न नसक्ने भनाई राखे ।

    नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा ईटा भएपनि थप्न सकियोस भनेर अस्पतालको प्रस्तावमा पार्क निर्माण गर्न लागिएको बताए ।

    कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले अस्पतालमा बिरामीको स्वास्थ्योपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाको वातावरणले प्रभाव पार्ने बताउँदै तीनवटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको जानकारी गराए । उनले अस्पतालमा विभिन्न स्थानमा विभन्न प्रकासका पार्कहरु निर्माण गर्न लागिएको बताउँदै निर्माण सम्पन्न भएपछि त्यसले बिरामीलाई एकप्रकारको सकारात्मक उर्जा प्रवाह गर्ने पनि विश्वास व्यक्त गरे ।

    नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले जहाँ औषधि त्यहा फर्मासिष्ट भन्ने नारा अगाडि सारेको बताउँदै तीनै तहका सरकारलाई सोही अनुसार नीति लिन पनि आग्रह गरे । उनले नेपालमा कानुनी रुपमा पनि फार्मेसी बाहेकले औषधि वितरण लगायतका गतिविधी गर्न नपाउने बताउँदै कानुनको कार्यान्वयनलाई जोड दिए । करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी दिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij