सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गुट उपगुट र आरोप प्रत्यारोप त्यागी पार्टी एकता बलियो बनाउन जोड

गुट उपगुट र आरोप प्रत्यारोप त्यागी पार्टी एकता बलियो बनाउन जोड

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    गुट उपगुट र आरोप प्रत्यारोप त्यागी पार्टी एकता बलियो बनाउन जोड
    images
    images
    images

    बैशाख २७,देवदह ।नेपाल कम्युनिस्ट पार्टी नेकपा देवदहको नगर कमिटिको आयोजनामा देवदहमा रहनु भएका जिल्ला कमिटी सदस्य,प्रदेश विभाग सदस्य ,प्रतिनिधि सभा एवम् प्रदेश सभा क्षेत्रीय समन्वय कमिटी र नगर कार्यालयका सदस्यहरुको बिचमा अनौपचारिक परामर्श बैठक सम्पन्न भएको छ ।

    बैठकमा देवदह नगरपालिकाले वितरण गरेको राहतको बिषयमा जनप्रतिनिधि संग परामर्श ,कोरोना भाइरस विरुद्धको अभियानलाई कसरि सफल बनाउने, पार्टी एकतालाई सुदृढ गर्ने तथा पार्टी संगठनलाई क्रियाशील गरि विस्तार गर्ने र देवदह नगरपालिका र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने सन्दर्भमा सुझाव प्रस्तुत भएको प्रचार प्रसार सह संयोजक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनु भएको छ। 

    images
    images
    images

    बैठकमा नेकपाका जिल्ला नेताहरु यज्ञ गैरे, गोबिन्द पङेनी , मोतिलाल ढकाल, लगायतले बोल्दै पार्टी जनताका समस्यालाई बुझेर पार्टी नेतृत्वले जनप्रतिनिधिलाई मार्गदर्शन गर्नुपर्ने, पार्टी संगठन बिस्तारलाई कर्याकर्ताकै भावना चाहना अनुसार गुट रहित तरिकाले गर्नु पर्ने, सामाजिक संजालमा अनावश्यक दोहोरी टीका टिप्पणी भन्दा पनि पार्टी नेतृत्व सङ बसेर छलफल गर्नु पर्ने लगायतका सुझाव दिनु भएको थियो।
    त्यस्तै उक्त बैठकमा देवदह नगरपालिका जनप्रतिनिधिहरु बिद्या लक्ष्मी गुरुङ, पदम थापा,डन्डपाणि भट्टराई लगायतले देवदह नगरपालिकाले पहिलो र दोस्रो चरणमा वितरण गरेको राहतको अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो।

    बैठकमा प्रदेशका बिभाग सदस्य धुर्व खरेल, लिला धर मरासिनी,चुडा प्रसाद चापागाईंले देश कोरोनाको त्रास र अन्तर्राष्ट्रिय सिमाना हस्तक्षेप गम्भीर मोडमा रहेको हुनाले र केन्द्रमा नेताहरु मनमुटाव भैरहेको हुनाले तल्लो तह बाटनै एकताको लागि दवाव दिनुपर्ने त्यसका तल्लो कमिटी देखि नै एकताको भाव हुनुपर्ने, पार्टीलाई जनता सग जोडनु पर्ने, गुट उपगुट ब्यवहारिक रुपमै अन्त्य गर्नुपर्ने, पार्टीको घोषणापत्र अनुसार आगामी बर्षको बजेट आउनुपर्ने, जनप्रतिनिधि र पार्टीले गरेका राम्रो कामको स्वामित्व लिन सक्नु पर्ने सुझाव दिनु भएको थियो। सो अवसरमा बोल्दै नेकपा नेताहरु भिम गुरुङ , प्रेम प्रसाद भन्डारि,बिष्णु गुरुङ , मेघनाथ पौडेल,बाबू राम पंगेनी,कृष्णप्रसाद पौडेल ,कृष्णराज पौडेल ,खैराज शर्मा र बन्धु कुमाल लगायतले महत्वपुर्ण सुझाव दिनु भएको थियो।

    नेकपा देवदह नगर कमिटीका अध्यक्ष प्रकाश अर्यालले विभिन्न जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्ता बाट प्राप्त भएको सल्लाह सुझाव अनुसार पार्टीलाई अगाडि बढाउने, जनप्रतिनिधिले जनताको वास्तविक समस्यलाई सम्बोधन हुने गरि कार्यक्रम संचालन गर्नु पर्ने, पार्टी सम्बद्द सबैले सामाजिक संजालमा पार्टी एकता सुदृढ गर्ने गरि बिचार अभिव्यक्त गर्न र पार्टीको नीति बिधीलाइ सबैले स्विकार्दै अगाडी बढनुपर्नेमा जोड दिनु भएको थियो।
    कार्यक्रमको संचालन नेकपा देवदह नगर कमिटीका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता र सचिब मन कुमार कनौजेको संचालनमा सम्पन्न भएको थियो ।

    90944900_850870098743354_1763996553694937088_n.jpg

    images
    images
    • शनिवार, बैशाख २७ २०७७०३:२२:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij