मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गठबन्धन सरकार विरुद्ध सडक संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ : एमाले उपाध्यक्ष पौडेल

गठबन्धन सरकार विरुद्ध सडक संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ : एमाले उपाध्यक्ष पौडेल

images
  • 410
    SHARES

  • images
    images
    images
    गठबन्धन सरकार विरुद्ध सडक संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ : एमाले उपाध्यक्ष पौडेल
    images
    images
    images

    लुम्बिनी पाना । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले गठबन्धन सरकारले देश र जनताको हित विपरीत कार्य गरिरहेको र यहि अवस्था कायम रहिरह्यो भने गठबन्धन सरकार विरुद्ध सडक संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

    शुक्रबार देवदहमा आयोजित नव निर्वाचित नगर कमिटी पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गर्ने कार्यक्रममा बोल्दै अहिले गठबन्धन सरकारले जनताको हित बिपरित कार्य गरिरहेकोले केन्द्र र प्रदेश सरकारलाई खबरदारी गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उपाध्यक्ष पौडेलको तर्क थियो।

    images
    images
    images

    गठबन्धन सरकारको नेतृत्व असफल भैसकेको अभिव्यक्ति व्यक्त गर्दै देश र जनाताको हितका लागि सदन र सडकबाट समेत संघर्ष गर्नुपर्ने अवस्था आएको उपाध्यक्ष पौडेलको भनाई थियो।

    उपाध्यक्ष पौडेलले नेताकार्यकर्ताहरुलाई पदका लागि नभई कामका लागि प्रतिस्पर्धा गर्न समेत आग्रह गरेका छन् । पदको लागि मरिहत्ते गर्ने प्रवृत्तिको अन्त्य गर्दै जनताको काम गरेर मन जित्न आग्रह गरे।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij