सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा तिब्र गतिमा बढ्दै कोरोना ,७४ हजार संक्रमित २४०० बढीले ज्यान गुमाए

भारतमा तिब्र गतिमा बढ्दै कोरोना ,७४ हजार संक्रमित २४०० बढीले ज्यान गुमाए

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    भारतमा तिब्र गतिमा बढ्दै कोरोना ,७४ हजार संक्रमित २४०० बढीले ज्यान गुमाए
    images
    images
    images

    बैशाख ३१
    कोरोना भाइरस (काेभिड-१९) को संक्रमण तीव्र बन्दै गएकाे भारतमा मंगलबार पनि ३५ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

    साेमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेकाेमा मंगलबार ३ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् । आइतबार भने भारतमा एकैदिन हालसम्मकै बढी ४ हजार ३५३ नयाँ काेराेना संक्रमित फेला परेका थिए ।
    भारतमा काेराेना संक्रमितकाे संख्या ७४ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमित संख्या ७४ हजार २९२ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार ४१५ पुगेकाे छ ।

    images
    images
    images

    मंगलबार मात्र त्यहाँ १२१ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । साेमबार भने ८२ जनाकाे मृत्यु भएकाे थियाे । आइतबार १११ जनाकाे मृत्यु भएकाे थियाे ।

    यसैबीच भारतमा २४ हजार ४२० जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४७ हजार ४५७ संक्रमित हाल उपचाररत रहेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
    एजेन्सी

    images
    images
    • बुधवार, बैशाख ३१ २०७७०३:२६:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij