देवदह । देवदह नगरपालिकामा उत्पन्न भएको विवाद मिलाउन बिहिवार सर्वदलीय बैठक सम्पन्न भएको छ। नगरपालिकामा ताला लगाउन पुगेका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु बिचको विवाद उत्कर्षमा पुगेपछि विवाद समाधानला लागि सर्वदलीय बैठक बसेको थियो ।

देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षतमा बसेको सर्वदलीय बैठकमा नेपाली काङ्ग्रेस जिल्ला सहसचिव वासुदेव रिमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य यम राना, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य मोतिलाल ढकाल, नेकपा एमाले देवदह नगर अध्यक्ष केशब प्रसाद भट्टराई, नेपाली काङ्ग्रेस देवदह सभापति गुणाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द ठडराई, रास्वपा नगर सभापति मेघनाथ भण्डारी, राप्रपा नगर अध्यक्ष माधब रिमाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ८ का अध्यक्ष हरि प्रसाद पाण्डे, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रहरी चौकि खैरेनिका इन्चार्ज डाक्टर प्रसाद चौधरीलगायतको उपस्थितमा छलफल गरि निकास निकालिएको थियो।

छलफल पछि निकास निकालिएका विषयहरु
१. नगर प्रमुख नगर उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतले सबै जनप्रतिनिधिहरु सङ सल्लाह समन्वय गर्ने ।
२. जुनसुकै पदमा रहेता पनि सार्वजनिक सम्पति तोडफोड गर्न नपाईने ।
३. नगरपालिकालाई थप गतिशील र नवीनतमशैलीमा काम गर्न खोज्नु भएका राष्ट्रसेवक कर्मचारीहरुलाइ अपमान, नर्म हतोत्साहित हुने काम नगर्ने नगराउने।
४.नगरपालिकाले गर्ने सबै प्रकारका खरिद सबै कर्मचारी नियुक्ति प्रक्रिया नीति विधि र सार्वजनिक खरिद अनुसार पारदर्शी रुपमा गर्नुपर्ने ।
५. सम्पूर्ण राजनैतिक दलले आफ्ना जन प्रतिनिधिहरुलाई बैचारीक, कानुनी र लोकतान्त्रिक विधि रप्रकृयाको वारेमा प्रशिक्षित गर्ने ।
५. नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह छिटो छरितो सेवामैत्री हुनुपर्ने।
६.सबै समस्याको समाधान बार्ता सम्वाद सहमति र सहकार्यबाट हुनुपर्ने ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij