सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अमेरिकामा १४ लाख बढी संक्रमित ,मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो

अमेरिकामा १४ लाख बढी संक्रमित ,मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो

images
  • 960
    SHARES

  • images
    images
    images
    अमेरिकामा १४ लाख बढी संक्रमित ,मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो
    images
    images
    images

    बैशाख ३१

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण दैनिक मृत्यु हुनेको संख्या फेरि बढ्दै गएकाे छ । यसअघि आइतबार पहिलोपटक डेढ महिना (मार्च ३० देखि) यताकै कम दैनिक मृत्यु देखिएकाेमा साेमबार र मंगलबार त्याे पुनः उकालाे लागेकाे छ ।

    images
    images
    images

    मंगलबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६३० रहेकाे छ । साेमबार त्यहाँ १ हजार ८ जनाकाे मृत्यु भएकाे थियाे । जबकि आइतबार ७५० मात्रकाे मृत्यु भएकाे थियाे । तर शनिबार भने एकै दिन मात्र १ हजार ४२२ को मृत्यु भएको थियो ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ६३६ पुगेको छ । त्यहाँ मंगलबार एकैदिनमा २२ हजार ८०२ नयाँ संक्रिमत थपिएका छन् । साेमबार भने त्यहाँ कोरोना संक्रमणका नयाँ केसहरुमा गत मार्च ३० यताकै कमी देखिएकाे थियाे । साेमबार १६ हजार १९६ नयाँ संक्रमित थपिएका थिए भने आइतबार याे संख्या २० हजार ३२९ रहेकाे थियाे ।

    यसैगरी कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा हालसम्म ८३ हजार ४२५ मानिसको ज्यान गइसकेको छ । २ लाख ९६ हजारभन्दा बढी बिरामी भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
    सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पनि आइतबार कोरोनाबाट हुने दैनिक मृत्युका घटनामा निकै कमी आएको थियाे । आइतबार त्यहाँ कोरोनाका कारण ४१ जनाको मात्र ज्यान गएको थियाे भने १ हजार ९९७ नयाँ संक्रमित फेला परेका छन् ।

    तर मंगलबार फेरि न्युयाेर्कमा दैनिक मृत्यु संख्या ह्वात्तै बढेर १७२ पुगेकाे छ । यद्यपि त्यहाँ नयाँ संक्रमित भने मंगलबार घटेका छन् । मंगलबार १ हजार ५०४ नयाँ संक्रमित फेला परेकाे जनाइएकाे छ । साेमबार त्यहाँ नयाँ संक्रमित १ हजार ७४५ रहेका थिए भने १९१ काे मृत्यु भएकाे थियाे ।

    कोरोनाका कारण अहिलेसम्म न्युयोर्कमा मात्रै २७ हजार १७५ को ज्यान गइसकेको छ । अर्को बढी प्रभावित राज्य न्युजर्सीमा पनि कोरोनाका कारण ९ हाजार २५४१ ले ज्यान गुमाएका छन् ।



    images
    images
    • बुधवार, बैशाख ३१ २०७७०३:४०:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij