सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको गित रेकर्ड हुदै

प्रधानमन्त्री ओलीको गित रेकर्ड हुदै

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री ओलीको गित रेकर्ड हुदै
    images
    images
    images

    बैशाख ३१ , काठमान्डौ ।
    १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस दिन । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् । कविताको शीर्षक थियो, ‘अब आँशु खसाउनु पर्दैन’ ।

    अब आँसु खसाउनु पर्दैन
    रगत बगाउनु पर्दैन
    नेपाली मन अब फुट्दैन
    राष्ट्रिय एकता टुट्दैन
    शान्ति अब यहाँ मर्दैन
    बढ्यो नेपाल अब बढ्यो अघि
    विकासमा पछि पर्दैन
    गणतन्त्र हो यो गणतन्त्र
    सार्वभौम जनताको जनतन्त्र
    अब आँशु खसाउनु पर्दैन

    images
    images
    images

    सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि । योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो । अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले ।

    रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् । कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् ।

    त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए । अस्पतालमै रहेका वेला प्रधानमन्त्री ओलीले आफूलाई ‘यो कवितामा संगीत बन्न सक्छ’ भनेर सोधेको योगी बताउँछन् । फोनबाटै ओलीले योगीलाई कवितावाचन गरेर सुनाएका थिए ।

    छानेर नि हैन, हैन जानी जानी
    तर जन्मिएँ नेपालमै, म भाग्यमानी
    आहा ! कति भाग्यमानी ।
    सबैभन्दा ठूलो देश
    मेरा देशवासी
    सेवा गर्न यिनको पाएँकति भाग्यमानी
    म त कति भाग्यमानी ?

    यस कवितामा प्रधानमन्त्री ओलीले जन्मभूमिप्रतिको उत्तरदायित्व र कर्तव्य उल्लेख गरेको योगी बताउँछन् । उनको बुझाइमा आफूलाई परेका दुःख सहेर पनि संकल्पको बाटोेबाट विचलित नहुने भाव यस कवितामा प्रधानमन्त्रीले व्यक्त गरेका छन् । ‘यस कवितामा पनि संगीत भर्ने काम लगभग सकिएको छ,’ योगी भन्छन्, ‘लकडाउनका कारण स्टुडियो बन्द छन् । सबै स्थिति सामान्य हुने बित्तिकै रेकर्डिङमा जान्छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणलगत्तै र कोरोना भाइरस फैलिन नदिन लकडाउन लागू गरिएयता रचना गरेका दुई कविता गीतका रूपमा सार्वजनिक गर्ने तयारी छ ।

    मजदुर दिवसमा कविता सार्वजनिक हुँदा सामाजिक सञ्जालमा अनेक टिप्पणी पनि नभएका होइनन् । ‘तर, कुनै पनि रचना सिर्जना गर्ने उपयुक्त समय हुन्छ भन्नु मूर्खता मात्र हो,’ योगी भन्छन्, ‘सिर्जनाको कुनै समय र सीमा हुँदैन । स्वतःस्फूर्त फुरेको रचना नै कालजयी हुन्छ ।’

    प्रधानमन्त्रीको पछिल्लो रचनाले जनमानसमा केही हदसम्म सकारात्मक भाव पैदा हुने योगीको विश्वास देखिन्छ । भन्छन्, ‘कवितामा प्रधानमन्त्रीको अन्तरहृदय नै प्रस्फुटित भएको छ ।’ यसबीचमा आएका प्रतिक्रियालाई सकारात्मक रूपमा लिनुपर्ने उनी बताउँछन् ।

    नेपाली माटो, चेतना र खबरदारीका गीत रचना गर्नु योगीको पनि विशेषता हो । हालै योगीले सीमानाको विवादलाई लिएर आफ्नो गीत पनि रिलिज गरेका छन्– ‘हेर सीमाना हाम्रो पराइले सुटुक्क चोरेको’ । भिडियो छायांकन गर्न अहिले सम्भव नभएकाले ‘फोटो फिचर’मा उक्त गीत युट्युबमा अपलोड गरिएको छ ।

    यसअघि लिपुलेकको विवाद हुँदा नै योगीले तयार पारेका थिए यो गीत । धीरजनाथ योगीको संगीत रहेको गीतमा शिशिरकै स्वर छ । राष्ट्रियताका सन्दर्भमा संगीतले शालिन भूमिका वहन गर्ने उनी बताउँछन् ।

    लकडाउनको समयको एकान्त र एकाग्र वातावरणलाई उनले नयाँ सिर्जनामा लगाएका छन् । मनमा रहेको छटपटी बिर्सेर उनी संगीत सिर्जनामा व्यस्त छन् । लकडाउनयता पाँचैथरीका गीत तयार पारेका छन् उनले । ती गीतमा सरकार र न्यायालयमाथि पनि व्यंग्य गरेका छन् ।

    प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा विकृति, विसंगतिबारे कत्तिको कुरा हुन्छ ? भन्ने प्रश्नमा भेटघाटका क्रममा प्रधानमन्त्रीले अत्यन्तै सकारात्मक कुरा गर्ने उनी बताउँछन् ।

    ‘राम्रो काम गर्न खोज्दा आफ्नै परिवारबाट पनि बाधा आउँछ, कहिलेकाहीँ दिक्क लाग्छ शिशिर जी’ भनेर गुनासो गरेको उनी सम्झिन्छन् । भन्छन्, ‘यो सबै सुन्दा साँच्चै घेराबन्दीमै पो हुनुहुन्छ कि भन्ने आभाष हुन्छ ।’ यो सामग्री नयाँ पत्रिकाले तयार पारेको हो ।

    images
    images
    • बुधवार, बैशाख ३१ २०७७०३:५८:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij