काठमाडौं । सत्ता समीकरण परिवर्तन भए संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
यी तीनै जना मन्त्रीले सोमबार शपथ लिएका छन् । तीनै जना मन्त्रिलाई राष्ट्रपति रामचन्द्र पौडेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij