सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बिदेशमा कोरोना भाइरस बाट ९६ नेपालीको मृत्यु ,सात हजार भन्दा बढी संक्रमित

बिदेशमा कोरोना भाइरस बाट ९६ नेपालीको मृत्यु ,सात हजार भन्दा बढी संक्रमित

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    बिदेशमा कोरोना भाइरस बाट ९६ नेपालीको मृत्यु ,सात हजार भन्दा बढी संक्रमित
    images
    images
    images

    जेठ 0४,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको एनआरएनएले जनाएको छ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको स्वास्थ्य समिति संयोजक डाक्टर संजीव सापकोटाले बताए ।

    images
    images
    images

    यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

    यस्तै, संयुक्त अरब इमिरेट्स्ट ९यूएर्इ० मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा। संजिव सापकोटाले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

    कोरोना भाइरसका कारणले यो साता मात्र नेपाल सहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युके १२, यूएई ३, साउदी अरब २ र नेपाल १ रहेको स्वास्थ्य समितिले जनाएको छ ।

    यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ७ हजारभन्दा बढि गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

    तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।

    अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् ।

    covid-19-test.jpg

    संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गरे । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आव्हान समेत गरेका छन् ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

    स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, यूएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ६०, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

    images
    images
    • आइतवार, जेठ ४ २०७७०३:२८:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij