सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सुकुम्वासी समस्या समधानको बाधक राजनीतिक अस्थिरता : सांसद विश्वकर्मा

सुकुम्वासी समस्या समधानको बाधक राजनीतिक अस्थिरता : सांसद विश्वकर्मा

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    सुकुम्वासी समस्या समधानको बाधक राजनीतिक अस्थिरता : सांसद विश्वकर्मा
    images
    images
    images

    चैत्र १७, देवदह । देशमा देखिएको राजनीतिक अस्थिरताका कारण अव्यवस्थित बसोवास र सुकुम्वासी समस्या समाधान हुन नसकेको नेकपा एमालेका केन्द्रि सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले अव्यवस्थित बसोवास र सुकुम्वासी समस्या समाधानको लागि नेकपा एमालेले पहल गरीरहेको दावी गर्नु भयो । नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह–५ र ७ को शाखा कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता विश्वकर्माले नागरिकको मुद्दालाई पार्टीले प्राथमिकता दिएर उठान गर्न आवश्यक रहेको औल्याउनु भयो । 

    नेता विश्वकर्माले आगामी निर्वाचनमा नेकपा एमाले निर्णायक शक्तिको रुपमा स्थापित गराउने गरी पार्टीका नेता कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले आगामी एक बर्ष पाटी सुदुढीकरण बर्षको रुपमा लैजाने बताउदै पाटी सत्तामा रहेपनि सत्ता केन्द्रित नभएको दावी गर्नु भयो । उहाले नागरिकको आधारभूत समस्यालाई सम्बोधन गर्ने गरी निर्वाचित जनप्रतिनिधिहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले  देशको अवस्थालाई ध्यान दिएर गठनबन्धन बनाएर सत्तामा गएको बताउनु भयो । 

    images
    images
    images

    नेकपा एमाले देवदह–५, शाखा कमिटीका कार्यवहाक अध्यक्ष चक्रपानी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार दयाराम वस्याल, प्रदेश कमिटी सदस्यद्धय जानकी न्यौपाने, विद्यालक्ष्मी गुरुङ्ग, जिल्ला कमिटी सदस्य प्रकाश अर्याल, बरिष्ठ नेता डोलराज चापागाई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा गणेश डुम्रेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

    अधिवेशनले चक्रपाणी न्यौपानेको अध्यक्षता शाखा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गुन बहादुर राना, सचिवमा अर्जुनकुमार गुरुङ्ग, उपसचिवमा दुर्गा पाण्डे, सान्ती रौकां रहनु भएको छ । अन्य सदस्यहरुमा शान्ता लामिछाने, बिमल भूषाल, गिता शर्मा, पुरुषोतम भण्डारी, रितु विक, चुनिसरा घर्तीमगर, सरला अर्याल, गणेश घिमिरे, सोभाखर भट्टराई, कृष्णप्रसाद भुसाल, चिरंजीवी सापकोटा, छविलाल न्यौपाने, चोकलाल डुम्रे, जङ्गबहादुर थारु, कला गिरी, तारा पौडेल, बिमलादेवी दर्लामी, संगीता बिक, उमा थापा रहनु भएको छ । 

    यसैगरी देवदह–७, को अधिवेशनले रिता थापाको अध्यक्षतामा शाखा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गिता खरेल, सचिवमा रेनुका पाण्डे, उपसचिवमा शर्मिला पन्थ, तुल्सी पाण्डे निर्वाचित हुनु भएको थियो । देवदह–५, शाखा कमिटीले विभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई सम्मान गरिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij