सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नदीजन्य पदार्थको चोरी निकासी गर्नेलाई कानुनि दायरामा ल्याउन पहल गरिने

नदीजन्य पदार्थको चोरी निकासी गर्नेलाई कानुनि दायरामा ल्याउन पहल गरिने

images
  • 468
    SHARES

  • images
    images
    images
    images
    images
    images

    जेठ०४ ,देवदह। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) देवदह अन्तरगत स्थानीय तह परिचालन संयन्त्रको विस्तारित बैठक संयोजक प्रकाश अर्यालको अध्यक्षता तथा जि.क.सचिवालय सदस्य मोतीलाल ढकाल ,जि. क सदस्य यम राना ,जि. क सदस्य / उपप्रमुख विद्या लक्ष्मी गुरुङ ,जि. क सदस्य,नगर प्रवक्ता झिल्लु प्र.न्यौपाने ,जि. क सदस्य,देवदह -७ का वार्ड अध्यक्ष पदम थापा लगायत नगर संयन्त्रका सदस्यहरु,वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा सम्पन्न भयो ।

    बैठकले भारतले नेपाली भुमि अतिक्रमण गरेको मा खेद ब्यक्त गर्दै नेपाली भुमि फिर्ता गर्न र सम्पूर्ण नेपाली भुमि समावेश गरि नक्सा जारी गर्न नेपाल सरकारले चलाएको अभियानमा एकताबद्द भएर आवश्यक सहयोग र दवाव सिर्जना गर्ने निर्णय गरेको छ।कोभिड-१९ विरुद्ध तीनै तहका सरकारले संचालन गरेका अभियानमा निरन्तर सहयोग ,सहकार्य र ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरिएको छ।

    images
    images
    images

    बैठकले संघ,प्रदेश र देवदह नगरपालिकाका चालू योजनाको समिक्षा गरि सम्भव भए सम्मका य‍ोजनाहरु सुरक्षाका उपायहरू अवलम्बन गरेर सम्पन्न गर्न सहयोग गर्ने तथा अागामी योजना तयार गर्दा कोभिड -१९ को प्रभावलाई न्युनीकरण गर्ने एवम् कृषि उत्पादन वृद्धि ,शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी लगानी गर्ने गरि बजेट निर्माण गर्न स्थानीय सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको छ।

    साथै बैठकले देवदह क्षेत्रका नदीहरुबाट नदीजन्य पदार्थको चोरी निकासी रोक्ने तर्फ देवदह नगरपालिका र प्रशासनको ध्यानअाकृष्ट गर्दै चोरी निकासीमा संलग्नहरुलाई कार्वाहीको प्रक्रियामा ल्याउन समेत अनुरोध गर्ने निर्णय गरिएको र नेकपा ( नेकपा ) अवाञ्छित गतिविधिको पक्षमा नरहेको समेत स्पष्ट गर्दै सबैले संविधान र कानुन सम्मत कार्यहरु मात्रै गर्नुपर्ने तर्फ समेत सबैको ध्यानाकर्षण गर्दछौं ।समयमै नदीजन्य पदार्थको टेण्डर गर्ने वातावरण सिर्जना गर्न स्थानीय सरकारसंग अनुरोध गर्दै कतिपय कानुनी जटिलता र त्रुटीहरु समेत संशोधन गर्न संघ र प्रदेश सरकार संग समेत अनुरोध गर्ने निर्णय गरेको छ।

    images
    images
    • आइतवार, जेठ ४ २०७७०३:१२:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij