मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने काँग्रेसको निर्णय

गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने काँग्रेसको निर्णय

images
  • 345
    SHARES

  • images
    images
    images
    गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने काँग्रेसको निर्णय
    images
    images
    images

    काठमाडौँ ।  नेपाली काँग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा जानबाट रोक्ने निर्णय गरेको छ ।  संसदमा सफाइको मौका नदिने निर्णय गरेको हो। 

    काँग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ । तर, काँग्रेसले गृह मन्त्रीलाई बोल्न नदिने पार्टीका एक नेताले जानकारी दिए ।

    images
    images
    images

    यदि भोलिकै बैठकमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको तर्फबाट भनाइ राख्ने र संसद् अवरुद्ध गर्ने तयारी गरिएको ती नेताको भनाई छ । आज बसेको बैठकमा इलाम-२ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij