जेठ०४ ,देवदह। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) देवदह अन्तरगत स्थानीय तह परिचालन संयन्त्रको विस्तारित बैठक संयोजक प्रकाश अर्यालको अध्यक्षता तथा जि.क.सचिवालय सदस्य मोतीलाल ढकाल ,जि. क सदस्य यम राना ,जि. क सदस्य / उपप्रमुख विद्या लक्ष्मी गुरुङ ,जि. क सदस्य,नगर प्रवक्ता झिल्लु प्र.न्यौपाने ,जि. क सदस्य,देवदह -७ का वार्ड अध्यक्ष पदम थापा लगायत नगर संयन्त्रका सदस्यहरु,वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा सम्पन्न भयो ।
बैठकले भारतले नेपाली भुमि अतिक्रमण गरेको मा खेद ब्यक्त गर्दै नेपाली भुमि फिर्ता गर्न र सम्पूर्ण नेपाली भुमि समावेश गरि नक्सा जारी गर्न नेपाल सरकारले चलाएको अभियानमा एकताबद्द भएर आवश्यक सहयोग र दवाव सिर्जना गर्ने निर्णय गरेको छ।कोभिड-१९ विरुद्ध तीनै तहका सरकारले संचालन गरेका अभियानमा निरन्तर सहयोग ,सहकार्य र ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरिएको छ।
बैठकले संघ,प्रदेश र देवदह नगरपालिकाका चालू योजनाको समिक्षा गरि सम्भव भए सम्मका योजनाहरु सुरक्षाका उपायहरू अवलम्बन गरेर सम्पन्न गर्न सहयोग गर्ने तथा अागामी योजना तयार गर्दा कोभिड -१९ को प्रभावलाई न्युनीकरण गर्ने एवम् कृषि उत्पादन वृद्धि ,शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी लगानी गर्ने गरि बजेट निर्माण गर्न स्थानीय सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको छ।
साथै बैठकले देवदह क्षेत्रका नदीहरुबाट नदीजन्य पदार्थको चोरी निकासी रोक्ने तर्फ देवदह नगरपालिका र प्रशासनको ध्यानअाकृष्ट गर्दै चोरी निकासीमा संलग्नहरुलाई कार्वाहीको प्रक्रियामा ल्याउन समेत अनुरोध गर्ने निर्णय गरिएको र नेकपा ( नेकपा ) अवाञ्छित गतिविधिको पक्षमा नरहेको समेत स्पष्ट गर्दै सबैले संविधान र कानुन सम्मत कार्यहरु मात्रै गर्नुपर्ने तर्फ समेत सबैको ध्यानाकर्षण गर्दछौं ।समयमै नदीजन्य पदार्थको टेण्डर गर्ने वातावरण सिर्जना गर्न स्थानीय सरकारसंग अनुरोध गर्दै कतिपय कानुनी जटिलता र त्रुटीहरु समेत संशोधन गर्न संघ र प्रदेश सरकार संग समेत अनुरोध गर्ने निर्णय गरेको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij