सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी प्रदेश : साढे ६ वर्षमा पाँच मुख्यमन्त्री

लुम्बिनी प्रदेश : साढे ६ वर्षमा पाँच मुख्यमन्त्री

images
  • 419
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश : साढे ६ वर्षमा पाँच मुख्यमन्त्री
    images
    images
    images


    बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्य मन्त्री जोख बहादुर महराले आइतबार मुख्यमन्त्री पदको सपथ ग्रहण लिए। प्रदेश प्रमुखको कार्यालय बुटवलमा अमिक शेरचनले मुख्यमन्त्रीलाई सपथ ग्रहण गराएका थिए।

    लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री बन्ने महरा पाचौं मुख्यमन्त्री हुन् । यस अगाडि लुम्बिनी प्रदेशबाट शंकर पोखरेल, कुल प्रसाद केसी, डिल्ली बहादुर चौधरी र लिला गिरी मुख्यमन्त्री भैसकेको छन् ।

    images
    images
    images

    शङ्कर पोखरेल
    शंकर पोखरेल लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री हुन्।प्रदेशसभा निर्वाचन, २०७४ मा, नेकपा एमालेका महासचिव (तत्कालीन स्थायी समिति सदस्य) शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

    वाम गठबन्धनको तर्फबाट उनी मुख्यमन्त्री बनेका थिए ।एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ प्रदेशसभा सदस्य अर्थात वाम गठबन्धनको बहुमुतको आधारमा २०७४ को फागुन ३ गते पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए।

    कुल प्रसाद केसी 
    वाम गठबन्धन टुक्रिएर माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि शंकर पोखरेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका केसीलाई २०७८, २८ साउनमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

    केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनबाट मुख्यमन्त्री बनेका थिए। शंकर पोखरेलले माओवादीको एकीकरण बदर गरेपछि २०७८ वैशाख ६ मा राजीनामा दिएका थिए।
    मुख्यमन्त्री केसीको कार्यकाल १५ महिना रहेको थियो। 


    लिला गिरी 
    २०७९ मंसिर ४ गते प्रदेश सभाको दोस्रो निर्वाचन पस्चात पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका थिए ।

    गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन थियो ।

    मुख्यमन्त्री नियुक्त भएका गिरीको कार्यकाल भने टिक्न सकेन । २०७९ पुसमा मुख्यमन्त्री बनेका गिरीले २०८० को बैशाख ११ गते संसदमा विश्वासको मत गुमाएपछी गिरी पद मुक्त हुन पुगे ।


    डिल्ली बहादुर चौधरी 
    नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी २०८० बैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।मंसीर ४ मा भएको निर्वाचनमा दाङ-३  ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी आठ दलका ५३ सांसदको समर्थनमा लुम्बिनीको चौथो मुख्यमन्त्री बनेका हुन् ।

    वैशाख ११ मा प्रदेश सभामा विश्वासको मत गुमाएपछि नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मिलिजुली सरकार गठनका लागि आह्वान गरेका थिए।

    मुख्यमन्त्री नियुक्त भएका चौधरीको कार्यकाल पनि टिक्न सकेन । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्किएपछी माओवादी केन्द्रले मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री चौधरी अल्पमतमा परेपछि २०८० चैत २२ गते राजिनामा दिएका थिए।

    जोख बहादुर महरा 
    रोल्पा क्षेत्र न.१ (क)  बाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा (प्रताप) लुम्बिनी प्रदेशका पाचौं मुख्यमन्त्री हुन् । महरा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन ।महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ ।

    २०७४ मंसिर देखी २०८० चैत सम्म पुगनपुग ७ वर्षको अवधिमा लुम्बिनी प्रदेशमा ५ मुख्यमन्त्री परिवर्तन भैसकेका छन् । राजनीतिक दलको सत्ता र भागबन्डाको राजनीतिले जनतामा निराशा छाएको छ । हिजो सरकार बन्दा देखिने उत्साह जनतामा देखिने कुरै भएन कार्यकर्तामा समेत देखिन छोडेको छ ।

    जोख बहादुर महरा नेकपा एमाले लगायत पार्टी सङ्गको भागबन्डामा मुख्यमन्त्री पद पाएको हुनाले २०८४ सम्म कम्तीमा अझै एकपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने पक्कापक्की जस्तै छ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij