सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

मगर मुक्ति मोर्चा देवदहको प्रथम भेला सम्पन्न

मगर मुक्ति मोर्चा देवदहको प्रथम भेला सम्पन्न

images
  • 473
    SHARES

  • images
    images
    images
    मगर मुक्ति मोर्चा देवदहको प्रथम भेला सम्पन्न
    images
    images
    images

    देवदह । मगर मुक्ति मोर्चा, नेपाल देवदहको प्रथम नगर भेला बुधबार सम्पन्न भएको छ । देवदह स्थित सहिद स्मृति प्रतिष्ठानको सभाहलमा भएको भेलाले धनराज पुवरको अध्यक्षतामा ६ सदस्य पछि थप्नेगरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

    समितिको उपाध्यक्षमा हिला बलाल, सचीवमा शर्मिला थापा सह सचीवमा रमेश थापा, कोषाध्यक्षमा योगेश सिंजाली र सदस्यहरुमा दिपक थापा, कमल सारु, गङ्गा बहादुर पुर्जा, टेक बहादुर गाहा, खड्क बहादुर राना, धन बहादुर खाम्चा र जैसरा राना रहेका छन् । 

    images
    images
    images

    मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचीव मनोज थापामगरको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गोबिन्द पङ्गेनी, मोतिलाल ढकाल, मोर्चाका लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं रुपन्देही जिल्लाका फ्याक्सन इन्चार्ज लाल बहादुर थापा, मोर्चाका रुपन्देही जिल्ला संयोजक दान बहादुर थापा, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गोबिन्द ठडराई लगायतको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ । 

    भेलालाई मोर्चाका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गोविन्द पङ्गेनी, मोतिलाल ढकाल, प्रदेश कोषाध्यक्ष लाल बहादुर थापा, नगर अध्यक्ष गोविन्द ठडराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    भेला मोर्चाका देवदह संयोजक केशर बहादुर पुनको अध्यक्षता र मोर्चाका प्रदेश सचीव भबिलाल थापाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij