नदिजन्य पदार्थ चोरी निकासीमा आफ्नो नाम जोडिएको प्रति नेकपा देवदह सचिबालय सदस्य थापाको कडा आपत्ति
नदिजन्य पदार्थ चोरी निकासीमा आफ्नो नाम जोडिएको प्रति नेकपा देवदह सचिबालय सदस्य थापाको कडा आपत्ति
6.0K
SHARES
जेठ ०७ ,देवदह।नेकपा देवदह सचिबालय सदस्य हिरा बहादुर थापाले नदिजन्य पदार्थ चोरी निकासीमा आफु लगायत केहि साथीहरुको नाम जोडिएको प्रति कडा आपती जनाउनु भएको छ।आफु फरक व्यवसायमा भए पनि नेपाल समय नामक अनलाइनले आफ्नो नाम समेत मुछि समाचार प्रकाशन गरेको प्रति खेद प्रकट गर्दै आधिकारिक नबुझी समाचार लेख्दा आफ्नो गरिमामा आच आएको भन्दै तत्काल समाचार सच्याउन नेपाल समयले आग्रह गर्नु भएको छ ।
यदि समाचार नसच्याए आफु कानुनि उपचार खोज्न बाध्य हुने उहाले बताउनु भयो।पत्रकारलाइ श्रोत खुलाई समाचार लेख्न आग्रह गर्दै उहाले केहि पत्रकार मित्रहरुले गलत समाचार लेख्दा अन्य मिडियालाई समेत असर पुग्ने बताउनु भयो ।
पत्रकारहरुको सम्मान गर्दछु ,तर मिडियाकर्मी साथीहरुले सत्य तथ्य समाचार लेखि खोज पत्रकारिता गर्नु पर्ने उहाको धारणा थियो ।